विदेशी श्रमिक नलिने मलेसियाको संकेत

काठमाडौैं । मलेसियाले विदेशी श्रमिक नलिने संकेत गरेको छ । मलेसियाले विदेशी नलिए मुख्य गन्तव्य मुलुक रहेको नेपालीका लागि मलेसियाको विकल्प के हुन सक्छ ?
पछिल्लो एक दशकमा मलेसिया मुख्य गन्तव्यका रुपमा रहँदै आएको छ । अब आगामी जुलाइदेखि आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय भएसँगै नेपालीको नयाँ गन्तव्य खोज्नुपर्ने देखिएको छ ।

श्रम बजारमा आप्रवासी श्रमिकको संख्या बढी भएको मलेसियन सरकारले बताउँदै आएको छ । मे मसान्तसम्म आप्रवासी श्रमिकलाई प्रवेश दिने र त्यसपछि रोक लगाउने घोषणा गरेको छ ।

मलेसियाको श्रम शक्ति करिब एक करोड ७० लाख छ। सरकारी नीतिअनुसार त्यसको १५ प्रतिशत अर्थात् २५ लाख ५० हजार आप्रवासी श्रमिकलाई अवसर दिइनेछ। तर, अहिले नै २१ लाख ३० हजार ९३१ आप्रवासी मलेसियामा कार्यरत छन्। त्यसमध्ये नेपालीहरु मात्रै ५ लाख हाराहारीमा छन्। अब थोरै मात्र श्रमिक मलेसिया जान पाउने छन् ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *