रुसी सेनामा भर्ना भएका परिवारको बिलौना : छिटो उद्धार गर

काठमाडौं : रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले सरकारसँग बिलौला गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तत्काल उद्धार गरिदिनका लागि सरकारसँग आग्रह गरेका हुन्।

परिवारका सदस्यहरुले सेनामा भर्ना भएका आफ्ना आफन्तलाई उद्धार गरी नेपाल ल्याइदिन सरकारसँग सहयोग मागेका हुन् ।

रुसी सेनामा भर्ना भएका धेरैजना परिवारसँगको सम्पर्क बाहिर छन् । अवस्था कस्तो छ, अत्तोपत्तो छैन । परिवारले तत्काल खोजिदिन आग्रह गरेका हुन् । रुसी सेनामा भर्ना भएका पदम घिमिरे भाग्ने प्रायस गरे पनि भाग्न नसकेको उनकी श्रीमती टिनाले बताइन् ।

भाग्न खोज्दा पनि नसकेको, भूमरीमा फसेको भन्दै बिलौना गरेकाले उद्धार गरिदिनुपर्ने पीडितका परिवार बताउँछन् । पदम पहिलोपकट भागेको पाँच दिनपछि समातिएका थिए । अहिले दुई महिनादेखि सम्पर्कबिहिन छन् ।

सेयर गर्नुहोस्