नेपालमा ६० प्रतिशत घर एकतले,६ लाख घर रित्तो

काठमाडौं । नेपालको गरिबीका कारण एकतले घर धेरै भएको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमवार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को थप तथ्यांकअनुसार नेपालभर ६० प्रतिशत घर एकतले रहेको पाइएको हो ।

नेपालमा ७५ लाख ५२ हजार ६६ वटा घरहरु छन् । त्यसमध्ये ५९.८२ प्रतिशत एक तले घर रहेको हो तथ्यांक सार्वजनिक भएको हो ।४५ लाख एकतले घर रहेको पाइएको छ ।

२२७ वटा घरमात्र १० तलाभन्दा माथिका छन् । नेपालका करिब ६ लाख घर रित्तो अवस्थामा छन् । बढ्दो विदेश पलायन हुने समस्या बढ्दै गएपछि घरहरु रित्तो हुँदै जान थालेका हुन् ।

गाउँ छाडेर शहर पस्ने क्रम पनि बढेको छ । कतिपयको एक भन्दा बढी घर हुने गरेकाले पनि खासगरी गाउँघरतिर रित्तो हुने गरेको पाइएको हो ।

२८..७८ प्रतिशत २ तले, ९.१७ प्रतिशत ३ तले, १.३ प्रतिशत ४ तले, ०.६४ प्रतिशत ५ देखि ७ तले, ०.०१ प्रतिशत ८ देखि ९ तले र ०.००३ प्रतिशत १० भन्दा बढी तले घरहरु रहेको तथ्यांकले देखाएको छ।

मधेश प्रदेशमा एक तला घर सबैभन्दा बढी छन् । अर्थात ८४.४२ प्रतिशत रहेको एकतलाका छन् । पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी २.३४ प्रतिशत छ ।

तथ्यांकअनुसार कुल ७५ लाख ५२ हजार ६६ वटा घरहरुमध्ये सबैभन्दा बढी २७.९५ प्रतिशत घर ४ वर्षसम्म पुरानो छन् । सबैभन्दा कम १०० भन्दा बढी वर्षका घरहरु ०.५ प्रतिशत छन् ।

देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवार मध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको पाइएको छ। यसमा पनि सबैभन्दा बढी बागमती प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २.९८ प्रतिशत छ ।

देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ४१ लाख २२ हजार ६९० अर्थात् ६१.८९ प्रतिशत परिवारमा कम्तिमा १ जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता खोलिएको छ ।

कुल २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्यामध्ये ७४ लाख ९ हजार १८१ जना अर्थात २५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता रहेको तथ्यांकले देखाएको छ ।

कुल १ करोड ४२ लाख ५३ हजार ५५१ जना पुरुषमध्ये २६.४२ प्रतिशत र कुल १ करोड ४९ लाख ११ हजार २७ जना महिलामध्ये २४.७४ प्रतिशतको बैंक तथा वित्तिय संस्थामा खाता खोलेका छन् ।

८ लाख ३६ हजार १२७ अर्थात १२.५५ प्रतिशत परिवारमा कम्तिमा १ जना व्यक्तिले प्राविधिक तथा व्यवसायिक शिक्षा वा तालिम लिएका छन् । जम्मा १० लाख ८१ हजार ६४६ जना व्यक्ति अर्थात ५.६७ प्रतिशत व्यक्तिले प्राविधिक तथा व्यवसायिक शिक्षा वा तालिम लिएको हुन् ।

२५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएका छन् । सबैभन्दा बढी मधेस प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशतले ऋण लिएको तथ्यांकले देखाउँछ ।

राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा हेमराज रेग्मीले योजना तर्जुमा गर्न सघाउने बताए । उनका अनुसार वित्तिय पहुँच, सिपयुक्त जनशक्तिको अवस्था, घरको अवस्थाको प्रस्ट तस्बिर देखिएको उनले बताए ।

उनले तथ्यांकले जनशक्ति योजना निर्माण गर्न र राष्ट्रले निर्माण गर्ने आवास योजना बनाउन सघाउ पुग्ने उनको भनाइ छ ।

सेयर गर्नुहोस्

पोर्तुगल संसदमा आज “फिर्ता कानून” माथि छलफल अवैध रूपमा बसोबास गर्ने विदेशीलाई देशनिकाला गर्न कडा व्यवस्था प्रस्ताव

पोर्तुगल सरकारले अवैध रूपमा बसिरहेका विदेशी नागरिकलाई देशबाट हटाउने प्रक्रिया...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *