हमास को आक्रमण वाट १० नेपाली को मृत्यु इजरायल मा सुची सहित

प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको छ।
शनिबार बिहान हमासले गरेको घातक रकेट आक्रमणमा परेर १० जना नेपालीको मृत्यु भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पुष्टि गरेकी छन्।
उनकाअनुसार अन्य चार जना घाइतेकाे अस्पतालमा उपचार भइरहेकाे छ। त्यस्तै एक जना सम्पर्कविहीन छ।
दूतावसका अनुसार मृत्यु हुनेमा :
– कैलालीकाे घोडाघोडी– ४ का नारायण न्यौपाने
– बझाङकाे जयपृथ्वी– ६ का गणेशकुमार नेपाली
– कैलालीकै बाउनिया– ३ का आशिष चौधरी
– दार्चुलाकाे लेकाम– ५ का दीपेशराज विष्ट
– धनुषाकाे सपही– ६ का आनन्द साह
– सुनसरीकाे मधुवान– १ का राजेशकुमार स्वर्णकार
– डाेटीकाे पाँचनलीका राजन फुलारा
– डाेटीकै लामिखाल– ८ का पदम थापा
– सल्यानकाे सारदा– ३ का प्रवेश भण्डारी
– दार्चुलाकाे मालिकार्जुन– ४ का लोकेन्द्र सिंह धामी रहेका छन्।
उनीहरुकाे शव नेपाल ल्याउने व्यवस्था गरिँदैछ।
समाचार स्रोत – विएल न्युज वाट साभार गरियको

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *