काठमाडौं । अध्यागमन विभागमा सर्भर डाउन हुँदा तीन घण्टा सेवा अवरुद्ध भएको छ ।
मंगलबार बिहान १० बजेदेखि डाउन भएको सर्भर साढे १ बजेदेखि सञ्चालनमा आयो ।
आन्तरिक सर्भर साढे ३ घण्टासम्म अवरुद्ध हुँदा तनाव सिर्जना भयो । बेलाबेलामा सर्भरमा समस्या आउँदा यात्रुहरुले सास्ती पाइरहेका छन् ।
‘पहिले पनि बेला बेलामा आन्तरिक सर्भर डाउन हुन्थ्यो । मंगलबार एक्कासी यस्तो भएको अधिकारीहरुले बताएका छन् । सर्भर डाउन भएपछि यात्रुहरुलाई म्यानुअल प्रणालीबाट सेवा प्रवाह गरेको अध्यागमन विभागले जनाएको छ ।
सर्भर डाउनका कारण विमानका यात्रुहरुलाई केही समय लाइन लाग्नु परेको थियो ।
‘