विदेश पलायन रोक्न माग

दैलेख । अन्तर्राष्ट्यि युवा दिवसका अवसरमा विदेश पालयन रोक्न युवाहरुले माग गरेका छन् ।
कर्णालीका युवाहरूले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्नुपर्ने माग राख्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
तीनै तहका सरकारले युवा स्वरोजगारका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर युवाहरूलाई विदेश पलायनबाट रोक्नुपर्ने उनीहरुले जोड दिए ।

कर्णालीमा स्थानीय स्तरमै रोजगारीको अवसर प्राप्त हुन नसकेको उनीहरुको गुनासो थियो ।
दैलेखका बिमल उपाध्यायले अहिलेको अवस्थामा युवा पलायन देशकै जटिल एवं पेचिलो समस्या बन्दै गएको दावी गरे । ‘सत्ताको बागडोर सम्हालेका नेताहरूले युवाहरूको कुरा नै सुन्न चाहेको देखिँदैन, दिवसको दिनमा मात्रै अधिकारको कुरा गर्ने प्रवृत्ति त्याग्नुपर्छ,’ उनले भने।

सुर्खेतका प्रविन बयकले युवाहरू क्षमतावान हुँदा हुँदै सरकारले पर्याप्त अवसर नदिएको बताए । ‘युवाहरू क्षमतावान् छन् आफ्नो क्षमताले भ्यायसम्म योगदान दिईरहेका छन् तर, सरकारले दिने अवसर पर्याप्त छैन, अवसरका लागि युवाहरू पनि अग्रसर हुनुपर्छ,’ उनले भने।

सरकारले युवाहरूलाई विदेश पलायनबाट रोक्न ठोस् कदम चाल्नुपर्ने उनको माग छ। विदेश पलायनबाट रोक्नका लागि रोजगारी सिर्जना गर्नुपर्ने जोड दिए ।

 

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *