एनआरएनए पोर्चुगलमा भोलि चुनाव, अझै सहमतिको प्रयास जारी

लिस्बन। गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको भोलि निर्वाचन हुँदैछ ।

स्रोतका अनुसार उम्मेदवारी दर्ता भए पनि सर्वसम्मत नेतृत्वका लागि अझै सहमतिको प्रयास भइरहेको छ । छलफल र संवाद भइरहेका छन् ।
निर्वाचनका लागि आइसिसी सदस्यमा तीन जनाको उम्मेदवारी परेको छ ।

बिनु बस्नेत, राजकुमार थापा, सुजन हमाल प्रतिष्पर्धामा छन् । अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा दीपा काफ्ले, उमेशकुमार खड्का, यामेन्द्रकुमार घर्ती प्रतिष्पर्धामा छन् ।

वरिष्ठ उपाध्यक्षमा दिनेश खड्का, परशु शेर्पा, पुनम गोतामे, सुनिल मल्ल ठकुरीले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्षमा माया पौडेल खराल, उपाध्यक्षमा शिवसागर बिसी (बुढाथोकी), राजकुमार गुरुङ, महासचिवमा भरतप्रकाश घर्ती, भुवन कँडेल, सुजन लामाले उम्मेदवारी दिएका छन् ।

सचिवमा दीपेश विष्ट, जयबहादुर घर्ती, खगीसरा न्यौपाने बस्याल, प्रकाश गजमेर, सुरज विष्टले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्षमा राजेन्द्रप्रसाद डुम्रे, सहकोषाध्यक्षमा नवीनकुमार थापा, तोयानाथ कडेल, महिला संयोजकमा रेखा रेग्मी, सरिता शर्मा, युवा संयोजकमा निरज गुरुङ, लेखा संयोजकमा अमृतकुमार विश्वकर्माले उम्मेदवारी दिएका हुन् ।

आज बेलुकासम्म सहमति नभए भोलि आइतबार निर्वाचन हुने छ ।

सेयर गर्नुहोस्