व्यवसायिक एकताबाट मात्र निजी क्षेत्र बलियो हुन्छ–अध्यक्ष ढकाल

कठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सदस्यहरूको बलियो संजाल र एकताबाटै महासंघ बलियो हुने बताएका छन् । महासंघको वस्तुुगत परिषदले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कतिपय अवस्थामा एक्लो प्रयासमात्र पर्याप्त नहुने हुँदा व्यवसायिक सहकार्य र एकताबाट मात्र सफलता मिल्ने उनले धारणा राखे ।

वस्तुुगत संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघले राखेको कार्यक्रममा नवनिर्वाचित टिमलाई बधाई सहित कार्यकालको सफलताको शुुभकामना दिदै अध्यक्ष ढकालले व्यवसायिक गतिविधि बढाउन सदस्य वस्तुुगत संघहरूले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे ।

‘हाम्रा सदस्य वस्तुुगत संघहरू महासंघका बलिया खम्वा हुन । आफै सक्षम पनि छन् । तपाईहरू आफना मुद्दाहरूलाई आफै पनि अगाडि बढाउन सक्नुुहुन्छ तर कतिपय अवस्थामा एक्लो प्रयासले मात्र पनि सफलता नमिल्न सक्छ,’ अध्यक्ष ढकालले भने, ‘तपाईहरूका इस्यूका साथमा महासंघ पनि संगै गयो भने हाम्रो एकता अझ बढी मजुवुद हुन्छ, हामीले हाम्रा समस्या समाधानमा सफलता पाउन सक्छौं । सदस्यहरूको समस्या समाधानमा महासंघले सदैव साथमा रहेर सहयोग गर्छ,’अध्यक्ष ढकालले प्रतिवद्धता व्यक्त गरे ।

सो अवसरमा नेपाल शैक्षिक परामर्श संघ, नेपाल गलैचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल कफी व्यवसायी महासंघ, नेपाल मैदा उद्योग संघ, नेपाल रत्न तथा आभुुषण संघ, नेपाल जग्गा तथा आवास विकास संघ, नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ र नेपाल वनस्पती घ्यू तथा तेल उत्पादक संघका पदाधिकारीहरुलाई सम्मान सहित बधाई दिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सही तथ्यांकको अभाव रहेकाले यसका लागि महासंघले काम गर्ने बताए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले तथ्यांक उपलव्ध गराउने कार्यमा निजी क्षेत्रले पनि खुला भएर सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

सदस्यहरुसँग नियमित रुपमा बसेर उनीहरुका इस्यूहरुमाथि छलफल गर्न र समस्या समाधानमा पहल गर्न महासंघका पदाधिकारीहरु हरेक दिन ३ बजे पछि महासंघमा जम्मा भएर काम गरीरहेको बताए । कुनै समस्या भयो, कुनै इस्यूहरु भए महासंघमा छलफल गर्न पनि उनले आग्रह गरे ।

सदस्यका समस्या समाधानमा महासंघको वर्तमान टिम पूर्ण रुपमा प्रतिवद्ध रहेको पनि उनले बताए । वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष हेमराज ढकालले वस्तुुगत परिषद्ले नयाँ सोच र फरक ढंगले काम गर्न लागेको बताए ।

महासंघका सवै सदस्य संघसँंग नजिकमा रहेर उनीहरुको कुरा सुुन्ने, इस्यूहरुमा छलफल गर्ने र आएको निचोडलाई कार्यान्वयनका लागि सरकारमा पैरवी गर्ने राणनीति अनुसार काम भैरहेको उनले बताए ।

निर्यात, पर्यटन, कृषि, उर्जा लगायतका क्षेत्रलाई प्रवद्र्धन गर्न जोड दिने उनको भनाइ छ । कृषि उद्यम केन्द्रलाई डाटा बैंकको रुपमा विकास गर्ने काममा लागिसकेको उनले जानकारी गराए ।
उपाध्यक्ष ज्योत्सना श्रेष्ठले हरेक क्षेत्रमा समस्या रहेको सुनाइन् । ‘कच्चा पदार्थमा सहजता छैन, दिइएका छुट सुुविधा हटाइएको छ, सहज होला भन्यो समस्या जहांको तही छ ।’ उनले भनिन् ।
सवै उद्यमी व्यवसायीहरुले समस्या भोग्नुु परेको समस्या ंवोधन गराउन महासंघले सहयोग गर्ने बताइन् । बजेट पनि निजी क्षेत्रले सोचे अनुसार नआएको र मौद्रिक नीतिले पनि सम्बोधन नगरेको उनले बताइन् ।

नेपाल जग्गा विकास संघका अध्यक्ष विदुर धमलाले घर जग्गा व्यवसायमा आएको संकटलाई नयां मौद्रिक नीतिले संवोधन गर्न नसकेको बताए । नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष शेषराज भट्टराईले शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको मस्यौदा शैक्षिक ऐनको दफा ६५ को ५ र ६ खारेज गरिनुुपर्नेमा जोड दिए । शैक्षिक सेवामा धरौटी राख्नुु पर्ने प्रावधानले यस पेशामा लागेका व्यवसायीलाई कस्ने काम गरेको बताए ।

नेपाल मैदा उद्योग संघका अध्यक्ष कुुमुद कुमार दुुगडले सवैभन्दा ठूलो समस्या सही तथ्यांकको अभाव रहेको बताए ।  नेपालमा उत्पादन हुने धान, गहुलगायतका उत्पादनका सही तथ्यांक नै सरकारबाट नपाएको गुुनासो गर्दै सही तथ्यांकको जोहो गर्ने संयन्त्र विकासमा महासंघले अग्रसरता लिनुुपर्ने सुुझाव दिए ।

नेपाल गलैचा उत्पादक तथा निर्यातक संघका अध्यक्ष ई. तेन्जिङ शेर्पाले विपन्न वर्ग र भिन्नरूपले सक्षम नागरिकले समेत काम पाएका गलैचा उद्योगले २०५४ सालदेखि पाउंदै आएको भ्याट छुुट सुविधा यस वर्षको बजेटमा हटाइदा यो क्षेत्र अव थप जोखिममा पर्ने र उत्पादन लागत समेत बढ्ने बताए ।

सरकारको यो निर्णयका कारण करिव ३० देखि ३५ प्रतिशतले कार्पेटको निर्यात घट्ने दावी पनि गरे । उनले सन् २०२६ मा ग्रेजुएशन नहुँदै नेपालले गर्नुपर्ने तयारीमा अहिलेदेखिनै काम गर्नुपर्ने सुुझाव दिए । नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओमनाथ अधिकारीले कफी उत्पादनमा अव ठूला लगानीकर्ता भित्रयाउन आवश्यक भैसकेको बताए । अहिलेपनि पर्याप्त सम्भाव्यता हुंदाहुंदै पनि देशको मागलाई पूरा गर्न नसकिएकाले कृषकहरुले ससानो क्षेत्रमा गरेको उत्पादन पर्याप्त नभएको बताए ।

नेपाल रत्न तथा आभुुषण संघका अध्यक्ष सुुमन मान ताम्राकारले रत्न आभुुषणको व्यवसायमा लागेका व्यवसायीका लागि सुुन प्रमुख कच्चा पदार्थ भएकाले सुनको कोटा प्रणाली खारेज गरि सर्वसुलभ तरिकाले आपूर्ति हुनुुपर्ने सुुझाव राख्नुुभयो । अन्ततोगत्व उपभोक्तालाई मार पर्ने २ प्रतिशत विलासिता शुल्क पनि खारेज हुुनुुपर्ने धारणा थियो ।

नेपाल शैक्षिक सामग्री उत्पादक संघका अध्यक्ष निमनाथ फुुयांलले नेपाली कागज उद्योगका उत्पादनको गुुणस्तरमा जोड दिए । नेपाल वनस्पती घ्यू तथा तेल उत्पादक संघका अध्यक्ष विकास दुुगडले निर्यात र राजस्वमा समेत ठूलो योगदान दिएका घ्यू तथा तेल उद्योगहरुका वारेमा गरिएका हल्का टिप्पणीका कारण करोडौं, अरवौंको लगानीमा संचालन भएका उद्योगहरूलाई चित्त दुखाउने काम भएको दुःखेसो गरे ।

 

सेयर गर्नुहोस्