काठमाडौँ। सय सुन तस्करी प्रकरणपछि त्रिभुवन विमानस्थलको भन्सार कार्यालय प्रमुखको हेरफेर गरिएको छ । अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ ।
मन्त्रालयले अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिएको हो। पाण्डे राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा हालै सरुवा भएका थिए ।
गत असार १७ गतेदेखि बिरामी बिदामा बसेका पोखरेललाई अर्थ मन्त्रालयमा तानिएको छ ।