रमेशराज बास्तोला
लिस्बन पोर्चुगल ।
पोर्चुगल दक्षिण युरोपमा अवस्थित युरोपकै पूरानो मध्यको देश हो । सन् ११४३ मा स्थापना भयको यो देशको क्षेत्रफल ९२ हजार २१२ वर्गकिलोमिटर क्षत्रफलमा छ । यो देशको मुख्य भूमि आइवेरीयन प्रायदिपको दक्षिण पश्चिममा अवस्थित छ । ऊत्तर पूर्वमा स्पेनको सिमान छ भने दक्षिण पश्चिममा एटलान्टीक महासागर छ । विगत केही वर्ष देखी यो देशको जनसंख्या घट्दोदरमा छ भने हाल २०२३ मा यहाँको जनसंख्या एक करोड दुईलाख ४७ हजार ६ सय पाँच छ ।
यहाँको अर्थतन्न्र दशकअघिदृपख खराब अवस्थामा थियो भने अहिले केही सुधार हुदै गएको छ । आप्रवासी र वैदेशिक लगानीकर्तालाई यहाँ उदा। नीति छ। पर्यटक र कृषि यहाँको मुख्य आम्दामीको श्रोत हो । विस्वबजारको शीर्ष निर्यात कर्ता हो । नेपालका जस्तै पोर्चुगलको युवा पनि पोर्चुगल छोडेर अन्य देश जाने गर्छन् ।
यहाँ कामदारको अभाव र घट्दो जनसंख्याको कारण पोर्चुगलले आप्रवासीलाई पोर्चुगल भित्राउन कागजीकार्य भिसा अनुमतिपत्र र पिआर अनि नागरिकताका लागि यो देशले उदारदता देखाउँदै लाखौ आप्रवासीलाई भित्राएको मात्र छैन ।
ती आप्रवासीबाट अर्र्बो युरो ट्याक्स उठाउनुका साथै आफ्नो देशको श्रमिकक अभाव समाधान गर्दै आएको छ । एकाति। दक्षिण एशियाली तथा अअफ्रिकन मुलुकबाट सस्तो श्रमिक पाएको छ । तिनै श्रमिकले काम गरेको सामाजिक सुरक्षा कर र भ्याट करबाट यहाँको राजस्व पनि बढाएको छ ।
किन ओइरीन्छन् त आप्रवासी पोर्चुगलमा ?
पोर्चुगलमा कागजी प्रकृया सहज छ । यहाँ संघर्ष छ । सुरुका दिनमा धेरै कठिन परिस्थितिको सामना गर्नु पर्दछ । तर यहाँ जुन जसरी यो देशभित्र जुनसुकै तरिकाले आएपनि यहाँ छिरिसके पछि डिपोट हुनु पर्दैन । आपराधिक क्रियाकलाप गरे मात्रै डिपोट हुनुपर्छ । अन्यथा सजह अवस्था छ ।
यहाँ आएर यहाँको भ्याट (फिनान्स) नं र सामाजि सुरक्षा नं (सोसियल) बनाएपछी यहाँ काम गरेर बस्न पाइन्छ । व्यावसाय गर्न पाइन्छ । यहाँ कसैले तेरो भिसा छैन त जा भन्दैन । तेसैले यहाँ आप्रवासी आउने गर्छन्। यहाँ आएपछि अस्थाई बसोबस कार्ड पाइन्छ । औसतमा २ वर्षमा अस्थाई बसोबास कार्ड पाइन्छ । त्यसपछि ५ वर्षमा यहाँको नागरिकता अप्लाई गर्न पाइन्छ ।
यहाँको नागरिकता भएपछि यूरोपका नर्वे, बेल्जियम, लक्जेम्बर, जर्मनी, स्वीडेन, स्वीस लगायत आकर्षक तलव हुने देशमा जान पाइन्छ । अस्थाई अनुमति कार्ड पाएपछि आफ्नो परिवार यहाँ ल्याउन सजिलै सकिने भएकाले यहाँ आप्रवासीहरु भविश्यमा अन्यत्र जान पाइने आशाले पनि यहा ओइरिएका छन् ।
पोर्चुगलको पासपोर्ट रहर कि वाध्यता ?
पोर्चुगलमा कमाई ज्यादै न्यून छ । कसैको राम्रो आम्दानी भएता पनि पोर्चुगलमा भएको ९० प्रतिशतको कमाई खासै धेरै हुदैँन । यहाँको बेसिक तलव सरकारी निर्धारण नै ७६० युरो छ । ४,५ वर्ष बसेकाहरुले पनि फुल टायम काम गर्दा पनि हजार यूरोको हाराहारीमा भन्दा बढी तलब हुँदैन । कसैको होला तर प्रायको हुँदैन । यहा आउँदाको दिन देखी नै कागजी प्रकृयादेखि पारिवारिक पुनर्मिलनसम्ममा आइपुग्दा जति कमाएको तेती नै खर्च हुन्छ ।
यहा ६/७ वर्ष बस्दा पनि आर्थिक पाटो मजबुट हुदैँन । त्यसकारण पनि अन्य देशमा जानु पर्दछ । पोर्चुगलाबाट अन्य देश जस्तै नर्बे, डेनमार्क, जर्मनी, वेल्जीयम तथा अन्य सेनजेन देसमा काम गर्नका लागी यहाँको नेसनालीटी हुनै पर्दछ । जबसम्म यहाँको नेसनालीटी हुदैन । तबसम्म ती देशमा काम गर्न जान पाईदैन ।
अर्को कुरा पोर्चुगलमा पनि घर जग्गा किन्न होस् या कोही लगानीको लागी ऋण लिन नै किन नहोस् ? यहाँको नेसनालीटी लिएको लाई धेरै सहज हुन्छ । तेही कारणले पनि कतिले नेपालको नागरिकता नचाहदा नचाहदै पनि नाग।िकता त्यागेर यहाँको नागरिकता लिन वाध्य छन् । कतिलाई त रहर पनि हुन्छ रातो पासपोर्टको ।
किनभने जब यहाँको नागरिकता लिइनछ । त्यसपछि अब जहां जादा पनि यहि को पासपोर्ट लिएर जानु पर्दछ । यात्रा गर्नु पर्दछ । कतिलाई यो पासपोर्ट लिनु रहर पनि छ । रहरले पनि लिने धेरै छन् । अनि पासपोर्ट आएपछी खुसीले सामाजिक संजालमा पनि लेख्छन् । सामाजिक सञ्जालमा सेयर गर्छन् । कति लाई यहाँ को पासपोर्ट वाध्यतामा पनि लिनु परेको छ । लिऊ भने नेपाली नै भयर पछि नेपालमा गयर बस्न मन छ । पछि नलिऊ भने यहा कमाई छैन अनि अन्य देश जादाँ यहाँको पासपोर्ट बिना काम गर्न जान नपाउने कारण वाध्यताले लिन पर्ने पनि छन् । यहा पासपोर्ट रहर लिने सगै वाध्यता ले लिने पनि छन् ।