पोर्चुगल । प्रायः नेपालीले सुन्ने शब्द हो ‘पोर्चुगल खराब छ । यहाँ धेरै खराब नेपाली बस्छन् भन्ने गरिन्छ ।’ तर, पोर्चुगलमा धेरै नेपालीहरु सीप निखार्दै छन् । कसैले उच्च शिक्षा हासिल गर्दैछन् । कोही इन्जिययर, डाक्टर बन्दै छन् ।
पोर्चुगलमा ती मध्येकी सोनिया तामाङ पनि एक हुन् । काठमाडौंको बौद्धमा जन्मेकी २४ वर्षीय सोनिया दशजोड दुई सम्मको अध्ययन नेपालको स्टुपा कलेजमा साइन्स विषय लिएर पढिन् । डक्टर बन्ने महत्वकांक्षा लिएर ग्रिसको द अफ द अमेरिकन कलेजमा एमबिएस भर्ना भइन् ।
१८ वर्षको उमेरमा उनी भर्ना भएकी थिइन् । बुवाआमाको रहर र उनको डृढ इच्छा, पारिवारिक सहयोगका कारण उनले ग्रीसमा सफलतापूर्वक अध्ययन पूरा गरिन् ।
एमबिएस सकेलगत्तै कलेजले पोर्चुगलमा न्युरोलिस्टमा इन्र्टान्स गर्न ल्यायो । उनको चाहना पनि न्यूरोलिस्ट बन्नु नै थियो ।
अहिले उनी पोर्चुगलमा रहेका अस्पतालहरुमा इन्र्टनसीप गर्दै छिन् । आउँदो डिसेम्बरसम्म उनको इन्र्टनसिप सकिने छ ।
त्यसपछि उनी २ वर्ष पोर्चुगलकै अस्पतालमा काम गर्ने छिन् । त्यसपछि उनी एमडी पढेर न्यूरोलिस्ट स्पेसलिस्ट बन्ने उनको चाहना छ ।
पोर्चुगलमा उनीसँग तितो अनुभव पनि छ । ५ वर्ष भन्दा बढी युरोपका होस्टलमा बसेकी उनी पोर्चुगलमा होस्टलमा नबसी बाहिर बस्ने निधो गरिन् । तर, उनलाई कोठा पाउन धेरै नै गाह्रो भएको उनको गुनासो छ ।
प्रगति गरिसकेपछि कुनै संघसंस्थाले सम्मान गर्नुभन्दा प्रगतिपथमा लम्केकाहरुलाई सम्मान होइन सहयोग गर्दिनु राम्रो हुने बताउँछिन् । तर, नेपालीहरु कसैले प्रगति गर्दा सहयोग नगर्ने पछि सम्मान गर्ने गरिन्छ ।
सम्मान गरिने संस्कार नराम्रोे लाग्ने उनले बताइन् । पोर्चुगलमा उनले चर्को मूल्य तिरेर पढेकी छिन् । ३० हजार शुल्क तिरेर इन्टर्नसिप गर्दै छिन् । पोर्चुगलमा इन्र्टनसीप गर्न महंगो भए पनि उनी सफलतापूर्वक काम गरिरहेकी छिन् ।
उनी ७ वर्षदेखि नेपाल जान पाएकी छैनन् । परिवारदेखि टाढा रहेकी सोनिया परिवार सम्झिने गर्छिन् । कहिलेकाहीँ नेपाली समुदायसँग भलाकुसारी गर्न र नेपाली समुदायसँग स्वास्थ्य शिविर राख्ने उनको रहर छ ।
तर, पोर्चुगलमा उनले कोठाका लागि धेरै सास्ती पाइन् । उनी चाहन्छिन् । पोर्चुगलमा भविष्य खोजेर अध्ययन गर्न आउने नेपालीले यस्तो समस्या भोग्नु नपरोस् ।
पोर्चुगलमा रहेका संघसंस्थाले हातमा डिग्री लिएपछि सम्मान हैन कि डिग्रीले नै गर्दा उसलाई हौसल्ला र सहयोग गरोस् भन्ने उनको चाहना छ ।
आफू भविष्यमा नेपालमै गएर नेपालका दुरदराजका बिरामीलाई सेवा दिने उनको इच्छा छ । समाजका लागि उनी अभियान चाल्ने बताउँछिन् ।
नेपालमा सन्दुक रुइतको कामबाट प्रभावित भएकी छिन् । भविष्यमा पैसा भन्दा पनि आफ्नो देशमा अभियान चाल्ने योजना छ । नेपालमा केही गर्नका लागि युरोपमा दुःख गरेको उनले सुनाइन् ।