पोर्चुगिस फार्मेेसीमा भविष्य खोज्दै २२ वर्षे विनायक

पोर्चुगल । आफ्ना हरेक सन्तानको चिन्ता आमाबुवाको हुन्छ । सन्तानको भविष्यका लागि सिद्धार्थ बनस्थलीकी अंग्रेजी शिक्षिका विमला शर्मा सन् २०१४ को सुरुमै डेनमार्क आउनुभयो । उहाँको मुख्य उद्देश्य आफ्ना दुई सन्तानलाई उच्च शिक्षा पढाउनु थियो ।

डेनमार्क आएलगत्तै एक विश्वविद्यालयमा अध्ययनसँगै काम थाल्नुभयो । डेनमार्क आएको केही महिनामै दुई सन्तान र श्रीमानलाई डेनमार्क बोलाउनुभयो । डेनमार्कको महंगो बसाइ, अत्यायिक चिसो मौसम, भाषिक समस्या, प्रत्येक वर्ष झन्झटिलो भिसा लगायत कारणले डेढ वर्षमै पोर्चुगल आउने निधो गर्नुभयो ।

पोर्चुगलको हावापानी, यहाँको सहज कागजी प्रक्रिया अवस्था र सन्तानको उच्च शिक्षाका लागि परिवार नै पोर्चुगलमा बसाइ सर्ने निधो गरे । पोर्चुगल आउनापश्चात बाबु विष्णुप्रशाद आचार्य, आमा विमला आचार्य कमाउन भन्दा पनि सन्तानको भविष्यका लागि खटिनुभयो ।

छोरी विशेषता आचार्य र छोरा विनायक आचार्यको भविष्यका लागि उपयुक्त स्कुलको खोजीमा हिँडे । सन् २०१५ मा १५ वर्षको उमेरमा स्कुला बासिका मार्केस् डे अल्लोर्ना पोर्चुगलमा ८ र ९ कक्षा पढे । यहाँ अंग्रेजी भाषा नपढेकाले सुरुमा पढ्न असहज भयो ।

नेपालमा नेपाली, अंग्रेजी, डेनमार्कमा डेनिस भाषा पढेका विनायक पोर्चुगिस भाषामा पढ्दा असहज भए पनि राम्रै अंक ल्याएर पास गरे । उता बुआमा पनि छोराले पोर्चुगिस भाषासँगै स्कुलमा प्रगति गरेको देखेर खुसी हुँदै आफ्नो सन्तानलाई हौसला दिदैँ कुनै अभाव खड्किन दिएनन् ।

विनायकले कक्षा १० देखि १२ साइन्स टेक्नोलोजी लिएर लिसेयु कामोइस पोर्चुगलमा पढे । उनी उत्कृष्ट नतिजा ल्याउन सफल भए ।  त्यसपछि उनी बि फार्मेसी पढ्ने उनको चाहना परिवारमा जाहेर गरे । बुआमाले सहमति जनाउँदै जति खर्च लागे पनि पढाउने निधो गरे ।

उनी इएसटिएस विश्वविद्यालयमा चार वर्षे फार्मेसी पढ्नका लागि इन्र्टान्स फार्म गर्न अनलाइन अप्लाइ गरे । विडम्बना, कलेजमा नेपालको नामै थिएन । उनले प्रशासनमा फोन गरेर देशको नाम राख्न लगाए ।

उनी त्यही इन्र्टान्स फाम भर्न सफल भए । उनले चार वर्षे कोर्श २०१९ सेप्टेम्बबाट कोर्श सुरु गरे । तीन वर्ष शैद्धान्तिक कोर्श र एक वर्ष इन्र्टनसीप गरे । अल्जेसको क्यान्सर अस्पताल, अल्मदाको फार्मेसी र ६ महिना नर्वेको राजधानीको ओस्लोमा रहेको ओस्लोमेट युनिभर्सिटीमा जुनियर रिसर्च पदमा रहेर रिसर्च गरे । उनले स्कलरसीप पाएर नर्वे गएका हुन् ।

उनले चार वर्षे बिई उच्च अंकका साथ सफलतापूर्वक पूरा गरे । उनी हिजो जुलाई २२ तारिखमा दिक्षित भएका छन् ।  सम्भवतः २२ वर्षे नेपाली युवा जो विनायक फार्मेसी लिएर पोर्चुगलबाट ब्याच्चर गर्ने पहिलो व्यक्ति हुनसक्छन् ।

आफ्नो बाआमाले जे सोचेर आफ्नो सन्तानलाई विदेश ल्याएका थिए । त्यही सोच र उद्देश्य छोराले पूरा गर्ने बाटोमा पाइला अगाडि बढाएकोमा बुवाआमा अत्यन्त हर्षित छन् ।

 

 

 

सेयर गर्नुहोस्