एनआरएनए पोर्चुगलमा भद्रगोल : अब कस्तो नेतृत्व छान्ने ?

सन्तोष लामीछाने
लिजवन पोर्चुगल

बिदेशिने रहर कसैलाई हुँदैन । आफ्नो घर परिवार, साथीसंगी, डाँडापाखा, गोरेटो, वन, जंगल, चिया चौतारी, चोक, बजार चटक्क बिर्सेर छोड्न सक्नु ठूलो साहस हो । अन्तिम बाध्यता हो । बिदेशमा बस्ने नेपालीहरुले पठाएको पैसाले आज स्वदेशमा बस्नेको पेट भरिएको छ । सरकार चलेको छ ।

सकारात्मक सोच भएका देशप्रेम, समाजप्रेम, ब्यक्तिप्रेमले ओतप्रोत भएका नेपाली मनहरु देश बाहिर छन् । आज तिनै मनहरु जोड्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सबैले विश्वास गर्न सक्ने अबस्था छैन् । ययसको मुख्य कारण नेतृत्व र संस्थालाई राजनैतिक भगबण्डा गर्ने परिपाटी नै दोषि हो ।

फलस्वरुप सहि व्यक्ति चिन्न ढिला नगरौं । जति पनि पोर्चुगलबासी तमाम् मनहरू छम् । आज सानो कगजी त्रुटी, भासाको ज्ञान,सरकारी कार्यलयका प्रक्रियागत कूरा ,रोजगारीको अभाब, बासस्थानको अभाब र नेपालीले नेपालीलाई नै ठग्ने प्रबृती धेरैले दुख पाएका छन् ।

त्यस्को सहजिकरण कस्ले गरिदिने ? हाम्रो आफ्नो संस्था खोई ? संस्था त केबल ठूला राजनैतिक हैसियत भएका दलाली गर्नेको पहूँचमा मात्र छ । अब यस पटक राजनैतिक विचारभन्दा माथी उठौ र अभिभावक संस्थालाई स्वाच्छ बनाऊ । परदेशीको पिडामा साथ दिने नेतृत्व चुनौ ।

एनआरए पोर्चुगलमा हुन गहिरहेको प्रतिनिधि छनोट प्रकृयामा सबै पोर्तुगल निवासी नेपाली समुदायमा हार्दिक नमन्। मेरो सपोर्ट सहि र सक्षम साथीहरुलाई हुनेछ। सामाजिक जीवनमा आउनु अगाडि सबै कुरा सोचेर समाजका तत्कालिन सम्मस्या कतिसम्म गर्न सकिन्छ त्यसबारे स्पष्ट धारणा बनाउन जरुरी हुन्न्छ। परिवर्तन आफूबाटै शुरुआत गर्नुपर्छ ।

फेसबुकका भित्ता रंगएर समाज परिवर्तन हुनै सक्दैन। जो फरक र राम्रो गर्न अग्रसर हुनुहुन्छ सबैमा शुभकामना ।खादा लगाउने र मञ्चको अगाडीको कुर्चीमा बस्ने नभई नेपालीको समस्यमा अगाडी सर्ने र समाधानक लागि पहल गर्ने नेतृत्व छान्ने हाम्रो चुनौती छ । राजनैतिक विचार, सिदान्त र आदर्श छोडी नेतृत्व सक्षम होस। मेरो कामना।

सेयर गर्नुहोस्