एक सातामा पोर्चुगलमा चार नेपालीको निधन

लिस्बन । पोर्चुगलमा एक सातामा चार जनाको निधन भएको छ । दुईजनाले आत्महत्या गरेका छन् भने दुई जनाको सामुद्रीक खानेकुरा खोज्ने क्रममा निधन भएको हो ।

तेजु नदीको दलदलमा फसेर वेपत्ता भएका मध्ये एक जनाको शव फेला परेको छ । एक जनाको शव खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । ३० वर्षीय धनबहादुर तामा (सजन र ३८ वर्षीय टेकबादुर तामा समुद्रीक जीव खोज्न गएका थिए ।

को २ जना नेपालीको ऊद्दार को लागी हिजो पोर्चुगलको ऊद्दार टोली हेलीकप्टरबाट खोजी गरेको थियो । अझै एकजनाको शव खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच पछिल्लो सातामा दुई जनाले मदेरामा महिला र सेसिम्रामा पुरुषले आत्महत्या गरेका छन् ।

सेयर गर्नुहोस्