नेपालमा विदेशी लगानी २ खर्ब ६४ अर्ब ३३ करोड : कुन देशको कति ?

काठमाडौं । ५७ देशले नेपालमा प्रत्यक्ष लगानी गरेका छन् । सरकारले लगानी वृद्धि गर्न सहज व्यवस्था गरेसँगै विदेशी लगानी बढ्दै गएको हो ।
यद्यपी, प्रतिवद्धताको तुलनामा विदेशी लगानी आउन सकेको छैन ।

सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७८र७९ को अन्त्यसम्ममा १६ प्रतिशतले लगानी बढेको छ । कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई २ खर्ब ६४ अर्ब ३३ करोड पुगेको प्रत्यक्ष वैदेशिक लगानी पुगेको हो ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३।७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७८७९ अनुसार नेपालमा २०७९ असार मसान्तसम्म ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी गरेको देखिएको छ । लगानी गर्ने देशमध्ये सबैभन्दा धेरै भारतको छ ।

प्रतिवेदन अनुसार भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड लगानी भएको छ । त्यसपछि चीनबाट ३३ अर्ब ४५ करोड
लगानी भएको छ ।

धेरै लगानी गर्ने तेस्रो देशमा आयरल्यान्ड परेको छ । यहाँबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आएको छ।

नेपालमा ६२।६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा विदेशी लगानी भएको छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत क्षेत्रमा ३२।८ प्रतिशत र उत्पादन क्षेत्रमा २९५ प्रतिशत लगानी रहेको छ ।

कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५।६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा लगानी भएको छ ।

वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत छ । त्यस्तै ती कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत छ ।

आर्थिक वर्ष २०७८र७९ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये २३१ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षण गरिएको थियो ।

सेयर गर्नुहोस्

तीन पूर्व अर्थमन्त्री र प्रधानमन्त्रीलाई अगाडी राखेर अध्यक्ष ढकालले भने, ‘सरकारी नीतिका कारण ५९ लाख लगानीकर्ता सडकमा आए

काठमाडौं । धितोपत्र ब्रोकर एशोशिएशन नेपालका अध्यक्ष एवं नेपाल उद्योग...

Read More