ललितपुर । नेपालको हस्तकला ८० देशमा जाने गरेको पाइएको छ । तर, थोरै संख्यामा मात्रै निकासी हुँदा अर्थतन्त्रमा खासै पार्न नसकेको जानकारहरु बताउँछन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वउपसचिव हिमाल थापाले ८० मुलुकमा नेपालको हस्तकलाका वस्तुहरु निकासी हुने गरेको बताए ।
नेपालको हस्तकला निकासी मध्येको एक मानिन्छ । विभिन्न देशमा पुग्नुका साथै डलर भित्रिन मद्धत पुगेको छ । कतिपय अवस्थामा माग पूरा गर्न नसक्ने स्थिति पनि रहेको व्यवसायी बताउँछन् ।
हस्तकला उद्योगको विकास, संरक्षण र प्रवद्र्धन गर्ने छुट्टै निकायको अभाव रहेको पूर्वउपसचिव थापाले बताए । नेपाल हस्तकला महासङ्घद्वारा मङ्गलबार ललितपुरमा आयोजित ‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधान’ छलफल कार्यक्रममा बोल्दै वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्ने बताए ।
विदेशमा नेपाली हस्तकलाको माग र पहिचान राम्रो भएकाले गुणस्तर र मात्रा बढाएर उत्पादन गर्न सके आम्दानी बढ्ने बताए ।
‘हस्तकलामा नेपालको पहिचान, परम्परा र संस्कृति छ । यस्ता वस्तुको निर्यात गर्दा नेपाललाई अन्तराष्ट्रिय रुपमा चिनाउने माध्यम बनेको छ, उनले भने । हस्तकला क्षेत्रमा नेपाली कालिगढको अभाव हुन दिन नहुने उनको भनाइ छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले साना उद्यमी र लघु उद्यमीलाई निर्यात गर्न सक्ने गरी उत्पादन गर्न र रोजगारी सृजना गर्नका लागि सहुलियत र सुविधा दिनुपर्ने बताए ।
‘