सरकारले बिभुषण नदिने

काठमाडौं । सरकारले संविधान दिवस असोज ३ गते बिभुषण नदिने भएको छ । संविधान दिवस असोज ३ गते नजिकिदैँ जाँदा यस दिन घोषणा हुँदै आएको बिभुषण वितरणलाई मर्यादित बनाउने गृहकार्य सरकारले गरेको छ । राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र बिभुषणसम्बन्धी कानुनको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्न कार्यदल गठन गरेको छ।

कार्यदलको अध्ययन प्रतिवेदन नआएसम्म हाललाई बिभुषण प्रदान कार्य स्थगन गरिएको प्रवक्ता शर्माले बताउनुभयो। बैठकले कर प्रणाली सुधारका लागि समिति गठन गर्ने निर्णय गरेको छ चाडपर्वलाई ध्यानमा राखेर साल्ट ट्रेडिङ र खाद्य व्यवस्थालाई ५० प्रतिशत भन्सार छुटमा १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृत दिने निर्णय गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै बैठकले सिचाई नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ भने नेपाल नागरिकता ऐन तेस्रो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ।

सरकारले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघबाट सिधै हुने चीनको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, कृषि लगायतका विषयमा दुई पक्षीय छलफल हुने र केही विषयमा समझदारी हुने भएको छ । चीन भ्रमणमा परराष्ट्रमन्त्रीसहित खानेपानी र भौतिक पूर्वाधार मन्त्री पनि भ्रमण टोलीमा रहने छन् ।

 

सेयर गर्नुहोस्