काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारलाई बुझाएको छ । बुधबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।
सीआईबीले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको बिगो दाबी गर्दै ५० जनालाई प्रतिवादी बनाएको छ । उनीहरुलाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन बुझाएको हो।
५० जना प्रतिवादीमध्ये ३२ जना पक्राउ परेका छन् । २३ जना नेपाली र ९ जना विदेशी प्रतिवादी छन् । फरार रहेका १८ जनाप्रतिवादीमध्ये ४ जना नेपाली र १४ जना विदेशी हुन् ।
आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको ब्रेक शुमा लुकाएर ल्याएको करिब ६१ किलो सुन आन्तरिक राजश्व विभागले बरामद गरेको थियो ।
रेडी ट्रेडमार्फत ल्याइएको खुलेको थियो ।