श्रम काउन्सेलर र श्रम सहचारी पठाउने तयारी

काठमाडौं । सरकारले रिक्त रहेका मुलुकमा श्रम काउन्सेलर र श्रम सहचारी पठाउने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको दुईदिने उच्चस्तरीय बैठकले जापान, जर्मनी, अस्ट्रिया, इजरायल र दक्षिण कोरियामा एक/एक जना श्रम काउन्सेलर र श्रम सहचारी पठाउने निर्णय गरेको हो ।

बैठकले मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन परराष्ट्र र श्रम मन्त्रालयलाई एक महिनाको समय दिइएको छ ।

सरकारले श्रम क्षेत्र व्यवस्थापन गर्नका लागि गन्तव्य मुलुकमा श्रम काउन्लेसर (उपसचिव) र श्रम सहचारी(अधिकृत)को व्यवस्था गरेको छ ।

श्रमिकका मुद्धा व्यवस्थापन गर्न श्रम क्षेत्रबाट जाने यी व्यक्तिले श्रमिकको क्षेत्रमा प्रभावकारी काम गर्र्दै आएका छन् ।

सेयर गर्नुहोस्