आजबाट पोर्चुगलमा सिट बेल्ट सुरक्षा अभियान सुरु

पोर्चुगल । आजबाट पोर्चुगलमा सिट बेल्ट सुरक्षा अभियान सुरु भएको छ ।

सार्वजनिक सुरक्षा प्रहरी (एक्ए), राष्ट्रिय रिपब्लिकन गार्ड (जिएनआर) र राष्ट्रिय सडक सुरक्षा प्राधिकरण (एनएनएसआर) ले आज सेप्टेम्बर १२ बाट सिट बेल्ट, हेल्मेट र बाल सिटको प्रयोगलाई प्रवद्र्धन गर्न अभियान सुरु गरेका हुन् ।

सुरक्षाका लागि सिन्टो मि विभो अपरेसन सेप्टेम्बर १२ देखि १८ बीचमा सडकहमा हुनेछ । पिएसपी र जिएनआरले सडकमा जतिबेला पनि चेँकजाँच गर्ने छन् ।

उनीहरुले विशेष फोकस र उच्च सडक ट्राफिकको पहुँचमा हुनेछन् । सो अन्र्तगत एलेन्कर (मंगलबार), वियाना डो कास्टेलो (बुधवार), सेलेइरोस (बिहिबार), सान्तारेम (शुक्रबार) र काल्डेलास १८ तारिखमा चेँकचाज हुने छ ।

सेयर गर्नुहोस्