पर्यटकीय गन्तव्य बन्दै पोर्चुगलका गाउँ

पोर्चुगल । हावापानी र मौसमका हिसाबले पोर्चुगल नेपाल भन्दा फरक छैन । नेपालको जस्तै यहाँ सुन्दर प्राकृतिक स्थान छन् । समुन्द्रको किनारमा रहेको पोर्चुगलमा आकर्षक पहाड पनि छन् नेपालको जस्तै ।

मानिसहरु समुन्द्र भन्दा डाँडाकाडामा यात्रा गर्न रुचाउँछन् । समुन्द्रको तातो र नुनिलो पानीमा पौडी खेल्नुभन्दा नदीमा गएर रमाउने धेरै हुन्छन् । पोर्चुगलका विभिन्न स्थान छन्, जहाँ पर्यटकको घुइँचो लाग्न थालेको छ ।

पोर्चुगलमा लिजवन, सिन्त्रा, पोर्तो, नाजारे, फातीमा, ओविदोस्, रियो फार्मेसा, कोयम्वरा, सेभिल्ला, सेरेदास्त्रेला, एल्भाश, वार्गा, व्रागान्सा, लागोस्, प्रतिमाओ, सागरेस अल्गार्व, दोरो मदैरा टापु, आसोरेस टापु र प्राकृतिक राष्ट्रिय पार्क आकर्षकको केन्द्रविन्दुमा पर्छन् । विभिन्न देशका मानिस यहाँ आउँछन् । यसका साथै ग्रामीण क्षेत्रमा पनि पर्यटक जान थालेका छन् ।

ग्राम्रिण पर्यटनका रुपमा पोर्चुगलका विभिन्न स्थान प्रख्यात छन् । अल्कुयभा, लेक ड्रोनेस, काजाल दे साओसिमाओ, आरोक्का भेलार्दे, मौरस रियो, देव्त्रो मनसारास्, वुद्धपार्क गुफालगायत १०० भन्दा बढी स्थान आन्तरिक पर्यटकको प्रमुख गन्तव्य छन् ।

यहाँ स्थानीयहरु बिदा बनाउन जाने गर्छन् । खासगरी एकदिनको प्याकेज बनाएर घुम्ने, रमाउने, पिकनिक गर्ने गरिएको पाइन्छ । पोर्चुगिस मात्र होइन विदेशी पनि यहाँ जान थालेका छन् ।

पछिल्लो समयमा यहाँ बस्ने नेपाली समुदाय ग्रामीण क्षेत्रमा गएर रमाउन थालेका छन् । छुट्टीको दिन पारेर गाउँ घुम्न जानेको संख्या पछिल्लो समयमा बढ्दै गइरहेको छ । नेपालीहरुलाई घुमाउने प्रबन्ध लिस्बनमा अवस्थित ‘घुमघाम पोर्चुगल’ ले गर्दै आएको छ ।

घुमघाम पोर्चुगलले गत आइतबार बुद्धपार्क, फातिमा र नुन खानी र अघिल्लो आइतबार काजल डे सायो सिमाओमा नेपाली समुदाय घुमाउन लगेको थियो । आउँदो सेप्टेम्बर १० मा पिओदाउ र फोज डिगुवा ठाउँमा लैजाने कार्यक्रम तय भएको छ ।

पोर्चुगलमा ५० हजार भन्दा बढी नेपाली बसोबास गर्छन् । जो एक्लै घुम्न जान असम्भव जस्तै हुन्छ । सार्वजनिक गाडी नपाउने, आफ्नै गाडीमा आउजाउ गर्न पनि कठिन हुने भएकाले घुमघाम पोर्चुगलले व्यवस्था गरेको प्याकेजमा जाँदा धेरै नेपाली रमाएको, खुसी भएको देख्न पाइन्छ ।

यसरी जाँदा एक आपसमा घुलमिल हुने, चिनजान बढ्ने, आत्मीयता साट्न पाइने, गन्तव्य क्षेत्र हेरेर, अनुभव गरेर रमाउन सकिन्छ ।

घुमघाम पोर्चुगलले सन् २०१८ देखि यसरी नै पोर्चुगलका ग्रामीण क्षेत्रमा घुमाउने प्याकेज गर्दै आएको छ । यस कम्पनीबाट तय गरिएका अधिकांश स्थानमा नेपालीको आकर्षण बढेको पाइन्छ ।

भ्रमण रमाइलो मात्र नभई सिकाइको एक अवसर भएको धेरैको अनुभव हुने गर्छ । पोर्चुगलको लिरीया जिल्लाको एउटा सानो पर्यटकीय गाउँ काजाल दे साओसिमाओ छ ।

यहाँ ठूला पहाडमा काठैकाठको २ किमी लामो हाईकीङ ट्रेल बनाइएको छ । केही वर्षदेखि काठे सिँडी खुलेसँगै आन्तरिक पर्यटकको घुईँचो लागेको छ ।

पछिल्लो समयमा २ किलोमिटर लामो भीरमा काठैकाठको सिडीमा हाईकीङ गरि सँगैको नदीमा जलविहार गर्दै रमाउने पर्यटक ह्वात्तै बढेको छन् । अघिल्लो आइतबार यहाँ नेपाली पर्यटक मज्जाले रमाए । त्यतिबेला धेरै पोर्चुगिस लगायत अरु विदेशीहरु पनि जलविहार गर्न रमाइरहेका थिए ।

समुन्द्र सतह भन्दा धेरै टाढा नुनखानी छ । जहाँबाट तीन शताब्दी अघिदेखि नुन उपयोगमा आइरहेको छ । विभिन्न प्रकारका नुन त्यहाँबाट उत्पादन, बिक्री वितरण हुने गरेको छ ।

फातिमा क्याथोलिक चर्चका लागि प्रख्यात छ । मैनबत्ती बालेर आफ्नो एउटा इच्छा जाहेर गरेपछि पुग्छ भन्ने मान्यता छ । यहाँ उक्त भावना अनुरुप मैनबत्ती बाल्नेको घुइँचो लाग्छ ।

धेरै दर्शनार्थीहरु यहाँ आउने गर्छन् । आस्थाको केन्द्र फातिमामा पर्यटकको घुइचो लाग्ने गरेको छ ।  त्यस्तै बुद्धपार्कमा शान्ति र आनन्दका लागि धेरै मानिस जाने गर्छन् ।

ठूलो क्षेत्रमा फैलिएको पार्कमा बुद्धका मुर्तीहरु विभिन्न आकृतिका छन् । त्यस्तै फलामबाट विभिन्न जनावरको आकृति पनि बनाइएको छ । मान्छेका मुर्तीहरु पनि राखिएका छन् ।

त्यहाँ पुग्दा आनन्द, शान्तको अनुभूति हुन्छ । धेरैको मन लोभ्याउँछ । यसका साथै घुमघाम पोर्चुगलले आउँदो सेप्टेम्बर १० तारिखममा तय भएका पिकोदाउ र फोजक इगुवा पनि आकर्षक स्थान छन् । प्राकृतिक र सांस्कृतिकरुपले आकर्षक स्थान हुन् ।

त्यस्तै सेप्टेम्बर १८ तारिखमा सुन्दर गाउँ मन्सरास र विश्वकै सबैभन्दा ठूलो मानव निर्मित ताल आल्कयुभामा भ्रमण हुने तय भएको छ ।

May be an image of Camogli and Stari Most

May be an image of Stari Most

 

 

 

 

 

 

 

सेयर गर्नुहोस्