दाहाल र फेन भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्यका नवनियुक्त राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरे।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भयो । नेपाल–संयुक्त अधिराज्यबीच सहयोगका बारेमा छलफल भयो । राजदूत फेनले प्रधानमन्त्री दाहालसँग पहिलो पटक भेट गरे ।

सेयर गर्नुहोस्