काठमाडौं । आइसल्याण्ड पठाईदिने बहानामा ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीले सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ स्थायी घर भई हाल काठमाडौ बस्ने वर्ष ३७ वर्षीय प्रकाश बोहरालाई पक्राउ गरेको हो ।
सञ्जीव चौलागाईलगायत आइसल्याण्डमा कुकमा काम पाइने प्रलोभन देखाएर ठगेका थिए । काठमाडौं मिनभवनबाट पक्राउ गरिएका बोहरा चार लाख रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको थिए । थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।