काठमाडौं । नेपालबाट पढ्न जाने विद्यार्थी बढेका छन् । विद्यार्थीले पैसा लैजाने क्रम पनि बढेको छ । गत वर्षको तुलनामा दोब्बर बढेको छ । नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरुले आर्थिक वर्ष ०७९र८० मा करिब १ खर्ब रुपैयाँ लगेको पाइएको छ।
नेपाल राष्ट्र बैंकका तथ्यांक अनुसार शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रुपैयाँ रहेको हो । यो अघिल्लो वर्षको तुलनामा दोब्बर बढी हो । अघिल्लो आव ०७८÷७९ मा पढ्नका लागि विदेश जानेहरुले ६७ अर्ब ७० करोड रुपैयाँ लगेका थिए । अघिल्लो वर्ष भन्दा ३३ अर्ब रुपैयाँ बढी विदेश लगेका हुन् । ।
त्यस्तै नेपालबाट भ्रमणमा जानेहरुले ४४ अर्ब रुपैयाँ विदेश लगेका छन् । यो अघिल्लो वर्ष भन्दा १४ अर्बले बढी हो । अघिल्लो वर्ष भ्रमणमा जानेहरुले ३० अर्ब रुपैयाँ विदेशमा खर्च गरेका थिए ।
विदेशबाट आउने पर्यटकले नेपालमा भने खासै खर्च गरेका छैनन् । नेपाल आउने भन्दा बाहिरिने रकम बढी छ ।