काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व प्रधानमन्त्री द्धय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई अनुसन्धान गर्न अदालतले आदेश दिएकोमा खेद प्रकट गरेका छन् ।
ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतको आदेशप्रति दाहालले आश्चर्य प्रकट गरेका हुन् । अनुसन्धान प्रक्रियाबाटै सबै विषय टुंगो लाग्ने उनको भनाइ छ ।
ललिता निवास जग्गा प्रकरणमा गहन ढंगले अनुसन्धान र कारबाही थालेकै बेला उनले कुनै न कुनैरूपले पूर्वप्रधानमन्त्रीद्वयसम्म पुग्ने सोच भए पनि अदालतले बीचमै ल्याएकोमा आश्यर्चमा परेका हुन् ।
अदालतको आदेश र संसद विघटन गर्ने शक्तिबीच तालमेल हुन सक्ने आशंका व्यक्त गरे ।