नेयमारले पनि छोडे युरोप, साउदी जाने

ब्राजिल। ब्राजिलियन स्टार नेयमार साउदी अरब जाने भएका छन् । विश्वव्यापी खेलाडी बन्नका लागि उनी युरोप छोडेर साउनी जान लागेका हुन् ।  नेउमारले प्रो लिग क्लब अल हिलालसँग दुई बर्षको सम्झौता गरे । फ्रेन्च क्लब पिएसजी छोडेर उनी अल हिलालमा अनुबन्धित भएका हुन् ।

अल हिलालले नेयमारका लागि ९० मिलियन युरो दिएको छ । उनी उनी २०२५ जुन ३० सम्म अल हिलालमा अनुबन्धित भएका हुन् ।  पिएसजीमा बार्षिक करिब २५ मिलियन युरो पारिश्रमिक पाउँदै आएका नेयमार अब बार्षिक ८० मिलियन युरो पारिश्रमिक पाउने छन् ।

अल हिलालले नेयमारलाई यसै साता प्रस्तुत गर्ने छ । अल हिलालमा नेयमारले जर्सी नम्बर १० लगाएर खेल्ने छन् ।  सन् २०१७ मा २२० मिलियन युरोमा पिएसजी गएका नेयमार शुरु देखि नै असहज महसुस गरेका थिए लगातारको इन्जुरीका कारण उनी त्यहाँ खेल्न सकेका थिएनन् ।

सेयर गर्नुहोस्