संसद् बैठक शुक्रबारसम्म स्थगित

काठमाडौं । संसदको प्रतिनिधि सभा बैठक साउन २६ गते शुक्रबार बस्ने भएको छ ।

आज तय गरिएको बैठक अवरोधका कारण स्थगित गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ ।

मंगलबार गृहमन्त्रीको कुरा सुन्न तयार भए पनि उचित जवाफ नआएको, सुन छानबिन गर्न समिति गठन गर्न नसकेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।

एमालेले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानविन समितिको माग गर्दै आएको छ ।

सेयर गर्नुहोस्