काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका २० जना हिरासतमै रहने भएका छन् ।
जिल्ला अदालत काठमाडौंले थप एक साता हिरासतमै राख्न अनुमति दिएको छ । हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई अदालतले अनुमति दिएको हो ।
बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ । उनीहरुलाई सरकारी कागजात कीर्ते र संगठित अपराधमा अनुसन्धान भइरहेको छ ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका उ २० जना हिरासतमा छन् ।