बेजा पोर्चुगल। बेजाको ओडेमिरामा लागेको आगो नियन्त्रण हुन लागेको छ । राष्ट्रिय आपतकालीन तथा नागरिक संरक्षण प्राधिकरण (एएनईपीसी) को वेबसाइटमा आगो समाधान हुने प्रक्रियामा रहेको जानकारी दिइएको छ ।
आगो नियन्त्रण गर्नका लागि एक हजार एक सय १४ वटा अपरेटरहरु खटिएका छन् । सय ६७ सवारी साधन र १६ हवाई यन्त्रले आगो नियन्त्रण गरिरहेका छन् ।
मंगलबार राति आगो लगभग नियन्त्रणमा आइसकेको छ । अगस्ट ५ मा साओ टियोटोनियोको पेरिसमा आगलागी भएको थियो । अलेन्टेजो नगरपालिकामा सुरु भएको आगो अल्जेजुर र मोन्चिकको एल्गार्वे नगरपालिकामा पुगेको थियो ।
आगोबाट प्रभावित ३० जनालाई सहयोग गरिएको जनाइएको छ । ८ जनालाई अस्पतालमा भर्ना गरिएको छ ।
यसैबीच आगलागी प्रभावित नेपालीलाई उद्धार गर्न, सहयोग गर्न र सहजगता आपनाउन गैरआवासीय नेपाली संघ पोर्चुगल पनि क्रियाशील भएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष लागायत पदाधिकारीहरु आगो प्रभावित नेपालीलाई सहयोग गर्न सक्रियता देखाएका छन् ।