पोर्चुगल । तपाई आईआरएसमा त्रुटी छ भन्दै कसैले मेल गरिहाल्यो भने झट्टै नखोल्नुहोस् । तपाइको व्यक्तिगत विवरण पत्ता लगाउन ठगले त्यस्तो खेल खेलेको हुन सक्छ । मेल आउँदा बित्तिकै क्लिक गरिहाल्न हतार नगनुहोस् । कतै ठगले पठाएको पो हो कि भन्नेमा पनि सचेत रहनुहोस् ।
पछिल्लो समयमा आइआरएसमा त्रुटी भएको भन्दै भ्रमपूर्ण इमेल पठाउने र विस्तृत विवरण पाएपछि ठगी गर्ने क्रम बढेको पाइएको छ । ठगले फोन गरेर पनि झुक्काउने, करदाता नम्बर माग्ने, अरु विस्तृत विवरण मागेर ठगी भन्दा चलाएकाले सचेत हुनुपर्ने जानकार बताउँछन् ।
करदाताले मेल आएको गुनासो गरेपछि कर तथा भन्सार प्राधिकरण (एटी) ले सोमबार सचेत ररहन चेतावनी दिएको छ । ‘करदाताहरूले धोखाधडी इमेल प्राप्त गरिरहेका छन्, विज्ञप्तिमा भनिएको छ,’ आईआरएस घोषणामा त्रुटिहरू छन् भनेर पठाइएको लिङ्कमा पहुँच नगर्नुहोस् ।’
आइआरएसमा त्रुटि भएको भन्दै लिंकमा क्लिक गर्न अनुरोध गरिने र त्यसमा क्लिक गरेमा सम्पूर्ण विवरण त्यहाँ जाने भएकाले सचेत हुन भनिएको हो ।
‘यी सन्देशहरू गलत छन्, ती बेवास्ता गर्नुपर्छ,’विज्ञप्तिमा भनिएको छ,‘ तिनीहरूको उद्देश्य प्राप्तकर्तालाई लिङ्कहरू सुझावमा क्लिक गरेर व्यक्तिगत विवरणमा पहुँच गर्न खोज्छन्, करदाताहरूलाई यो कार्य नगर्न आग्रह गर्दछौं ।’