आईआरएसमा त्रुटी भन्दै मेल आतंक, नखोल्न प्राधिकरणको आग्रह

पोर्चुगल । तपाई आईआरएसमा त्रुटी छ भन्दै कसैले मेल गरिहाल्यो भने झट्टै नखोल्नुहोस् । तपाइको व्यक्तिगत विवरण पत्ता लगाउन ठगले त्यस्तो खेल खेलेको हुन सक्छ । मेल आउँदा बित्तिकै क्लिक गरिहाल्न हतार नगनुहोस् । कतै ठगले पठाएको पो हो कि भन्नेमा पनि सचेत रहनुहोस् ।

पछिल्लो समयमा आइआरएसमा त्रुटी भएको भन्दै भ्रमपूर्ण इमेल पठाउने र विस्तृत विवरण पाएपछि ठगी गर्ने क्रम बढेको पाइएको छ ।  ठगले फोन गरेर पनि झुक्काउने, करदाता नम्बर माग्ने, अरु विस्तृत विवरण मागेर ठगी भन्दा चलाएकाले सचेत हुनुपर्ने जानकार बताउँछन् ।

करदाताले मेल आएको गुनासो गरेपछि कर तथा भन्सार प्राधिकरण (एटी) ले सोमबार सचेत ररहन चेतावनी दिएको छ ।  ‘करदाताहरूले धोखाधडी इमेल प्राप्त गरिरहेका छन्, विज्ञप्तिमा भनिएको छ,’ आईआरएस घोषणामा त्रुटिहरू छन् भनेर पठाइएको लिङ्कमा पहुँच नगर्नुहोस् ।’

आइआरएसमा त्रुटि भएको भन्दै लिंकमा क्लिक गर्न अनुरोध गरिने र त्यसमा क्लिक गरेमा सम्पूर्ण विवरण त्यहाँ जाने भएकाले सचेत हुन भनिएको हो ।

‘यी सन्देशहरू गलत छन्, ती बेवास्ता गर्नुपर्छ,’विज्ञप्तिमा भनिएको छ,‘ तिनीहरूको उद्देश्य प्राप्तकर्तालाई लिङ्कहरू सुझावमा क्लिक गरेर व्यक्तिगत विवरणमा पहुँच गर्न खोज्छन्, करदाताहरूलाई यो कार्य नगर्न आग्रह गर्दछौं ।’

सेयर गर्नुहोस्

धानको मूल्य उच्च

पेरिस,एएफपी। भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि अगष्ट महिनामा धानको मूल्य उच्च...

Read More