काठमाडौं । युरोपका विभिन्न देशमा जानेको संख्या दिनानुदिन बढ्दै गएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार युरोपियन मुलुकमा जान गत वर्ष ४४ हजार ३ सय २७ जनाले श्रमस्वीकृति लिएका छन् । विभिन भिसामा आएर युरोपमै बस्नेको संख्या पनि दिनानुदिन बढ्दै गएको छ ।
खाडी र मलेसियामा मात्रै केन्द्रित भएको वैदेशिक रोजगार पछिल्लो समयमा युरोपसम्म फैलिएको छ । वैदेशिक रोजगार विभागका अनुसार रोमानिया, क्रोएसिया, साइप्रस, पोल्याण्ड, माल्टा, बेलायत, सर्बिया, पोर्चुगल, ब्रुनाइमा नेपाली जान थालेका छन् ।
विभागका अनुसार रोमानियामा मात्रै १४ हजार २ सय २५ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसमध्ये झण्डै २ हजार महिला छन् । अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा रोमानियाको लागि ७ हजार ४ सय ७५ जनाले श्रम स्वीकृति लिएका थिए ।
क्रोएसियाका लागि ७ हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका छन् । गत वर्षको तुलनामा २ हजार बढीले श्रम स्वीकृति लिएका हुन् । आर्थिक वर्ष २०७८र७९ मा ५ हजार ३ सय ३४ जनाले श्रम स्वीकृति लिएका थिए ।
साइप्रसमा ५ हजार ३ सय जना पुगेका छन् । छ । साइप्रस घरेलु महिला श्रमिकको लागि खुल्ला गरेकाले यहाँ जाने महिला श्रमिकको संख्या बढी छ । पोल्याण्ड ५ हजार १ सय १२ जनाले श्रम स्वीकृति लिएका छन् । गत वर्ष १ हजार ५ सय ५५ जनाले मात्रै श्रमस्वीकृति लिएका थिए ।
त्यसको अघिल्लो वर्ष यो देशको रोजगारीमा जान एक हजार ८५५ जनाले मात्र श्रम स्वीकृति लिएका थिए । माल्टामा ६ हजार ३ सय ३ जनाले श्रम स्वीकृति लिएका छन् । बेलायतमा २ हजार ८ सय १४ जना र सर्बिया ९ सय ६२ जनाले श्रम स्वीकृति लिएका छन् । पोर्चुगलमा ७ सय ३२ जनाले श्रमस्वीकृति लिएकाछन् । गत वर्ष ७९ जनाले मात्रे श्रमस्वीकृति लिएका थिए ।
विभिन्न भिसामा आएर पोर्चुगल बस्नेको संख्या भने धेरै छ । यहाँ ६० हजार भन्दा नेपाली पोर्चुगलमा बसोबास गर्छन् । ब्रुनाइमा १ हजार ३ सय ५५ जनाले श्रम स्वीकृति लिएका छन् । कर्षण बेढेको देखिन्छ ।
1 टिप्पणी
पहिलो चोटि तर लिगल सबै प्रमाण सहित आउदा शरम बनाएर अध्यागमन मा आइ पुग्दा निकै दुख दिएको भर्खर जस्तै लाग्छ ना लाएक कुकुर हरु ले म लाइ पनि गनेको त होला नि