लिस्बन । पोर्चुगलमा अगस्त १ देखि भोलि ६ तारिखसम्म ह’ने कार्यक्रम भव्य भयो । कार्यक्रममा युवाहरुको सहभागिता उत्साहजनक देखियो । विश्वभरीबाट ४ लाख युवाहरु कार्यक्रममा प्र्रत्यक्ष सहभागी भए । यहीँ अवसरमा १० लाख बढी पर्यटक पोर्चुगल भित्रिएको सरकारी अनुमान छ ।
विश्व युवा दिवसमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । विशेष पास भएका मात्रै कार्यक्रमस्थल जान पाउने व्यवस्था गरिएको थियो । एएनईपीसी अपरेशनल कमाण्ड पोष्टको नेतृत्वमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
विश्व दिवसको अवसरमा कार्लोस्, लोपेस प्याभिलियन, पार्के एडुआर्ड भिआइआइमा भव्य कार्यक्रम भए । सुरक्षाका लागि लिस्बनको नगरपालिका नागरिक सुरक्षा सेवा, स्वयंसेवक फायर विभाग, राष्ट्रिय सामुद्रिक प्राधिकरण, राष्ट्रिय आपतकालीन र नागरिक सुरक्षा प्राधिकरण, पोर्चुगल रेडक्रस, न्यायिक प्रहरी, सुरक्षा सूचना सेवा, सार्वजनिक सुरक्षा प्रहरीले सहकार्य गरे ।
त्यस्तै चिकित्सा आपतकालिन राष्ट्रिय संस्थान, फायर सेपर्स रेजिमेन्ट लिस्बन, ईनेटवर्क जिएनआर (रिपब्लिकन नेशनल गार्ड), सुरक्षा कम्पनी र स्थानीय आयोजक समितिले सहकार्य गरी कार्यक्रम सफल पारे ।