पोर्चुगल । क्याथोलिक चर्चका नेता पोप फ्रान्सिस्ले युवालाई सधैँ खुसी हुन आग्रह गरेका छन् ।
शुक्रबार युवाहरुसँग डिनर गर्दै सधैं खुसी हुन प्रोत्साहित गरेका हुन् । विश्व युवा दिवसका अवसरमा पोर्चुगलमा भेला भएका अगुवा युवाहरुसँग भलाकुसारी गर्दै रुपान्तरणका लागि पहल थाल्न आग्रह गरे ।
पोप फ्रान्सिसले लिस्बनको अपोस्टोलिक नन्सिएचरमा युवाहरुसँग खाजा खादैँ सकारात्मक दृष्टिकोणका साथ अग्रपंकीमा आउन आग्रह गरे ।
पोपले सन्तहरु जस्तै कहिल्यै दुखी नहुन युवालाई आग्रह गरेका हुन् । सो अवसरमा उनले युवाहरुलाई आफ्ना कथा र चिन्ताहरू सुनाए ।