साउदीमा २७ नेपाली ४५ दिनदेखि अलपत्र

साउदी । साउदी अरेबियामा २७ जना नेपाली अलपत्र परेका छन् ।

एसअलडी मेनपावरबाट ४५ दिनअघि साउदीको केफसी कम्पनी गएका युवाहरु अलपत्र परेका हुन्। दूतावासले सम्बन्धित मेनपावर र कम्पनीसँग समन्वय गरी आवश्यक प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।

अलपत्र परेकालाई खाद्यन्न सहयोग गरिएको छ । साउदीस्थित झापाली समाजका अध्यक्ष राजेन्द्र थापाले खाद्यान्न सहयोग गरेका हुन्।

सेयर गर्नुहोस्