काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सत्ताको फोहोरी खेलमा नलाग्न आग्रह गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत समारोहमा बोल्दै थापाले पार्टीको महाधिवेशनबाट पारित मार्गदर्शनअनुसार सत्ता केन्द्रित नभई विचार र आदर्श केन्द्रित भएर राप्रपा अघि बढे नेतृत्वमा पनि समस्या नहुने स्पष्ट पारे । आन्दोलनको लागि सडकमा आउन समेत उनले आग्रह गरे ।
‘संघीय गणतन्त्रको नाममा अहिले कायम रहेको भ्रष्ट व्यवस्थाका लागि जनआन्दोलनको विकल्प नभएको उनले बताए । राप्रपाले सडकमा आउने हिम्मत गरोस् । हामी सँगै आन्दोलनमा जान तयार छौँ उनले भने ।