लिस्बन । क्याथोलिक चर्चका नेता पोप फ्रान्सिकोले पोर्चुगलको आप्रवासी नीतिको मुक्त कण्ठले प्रसंशा गरेका छन् ।
विश्व युवा दिवसको अवसरमा पोर्चुगलमा रहेका पोपले पोर्चुगल विश्वको राजधानी बन्न सक्ने बताए । युवाहरु भविष्यका कर्णधार भएको भन्दै पोर्चुगलले युवालाई उच्च महत्व दिएकोमा खुसी व्यक्त गरे ।
‘म लिस्बनमा आउन पाउँदा खुसी छु, भिडन्तको सहर जसले विभिन्न मानिसहरू र संस्कृतिहरूलाई अँगालेको छ ’ उनले भने, ‘जुन आजका दिनमा अझ सार्वभौमिक साबित भइरहेको छ ।’
बेलेम कल्चरल सेन्टरमा बोल्दै पोपले पोर्चुगलको राजधानीलाई ‘भविष्यको राजधानी’ भनेर वर्णन गरेका हुन् । पादरी, कूटनीतिक निकाय, सरकार, राजनीतिज्ञ, अधिकारी र कलाकारको भव्य उपस्थितिमा पोपले पोर्चुगलको उच्च प्रंशंशा गरेका हुन् ।
क्याथोलिक चर्चका नेता पोपलाई गणतन्त्रका राष्ट्रपतिले बेलेमको दरबारमा स्वागत गरेका थिए । जहाँ उनले सम्पूर्ण देशलाई समर्पित सम्मानको पुस्तकमा सन्देश छोडे ।
रोमबाट तीन घण्टाको यात्रामा बिहान १० बजेतिर लिस्बन आइपुगेका पोप भेटघाट, छलफल र बैठकमा सक्रिय भइरहेका छन् ।
सर्वाेच्च पोन्टिफलाई फिगो मादुरो एयर बेसमा गणतन्त्रका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले ऊर्जावान अभिवादनका साथ स्वागत गरेका थिए ।
फ्रान्सिस भ्याटिकनबाट एक प्रतिनिधिमण्डलको साथ आएका छन् । विशेष दूतसहित टोलीमा सामान्य चिकित्सा टोली र पत्रकारहरूको प्रतिनिधिमण्डल पनि समावेश छन् ।