१५ औं योजना अधूरै, सरकार १६ औं योजना तयारीमा

अर्थतन्त्रमा गुणात्मक रुपान्तरण हुनुपर्ने प्रचण्डको भनाइ
काठमाडौं । १५ औं योजना यो आर्थिक वर्षमा सकिने छ । तर, अधिकांश योजना अधूरा, अपूरा छन् । कतिपय त सुरुवात नै भएका छैनन् ।
१५ औं योजनामा उल्लेख भएका अधिकांश विषय कार्यान्वयन गर्न सरकारले उदासीनता देखाएको छ । अब १६ औं योजना अर्थतन्त्र कालापलट हुनेगरी बनाउने तयारी सरकारको छ ।

प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय योजना आयोगको सोह्रौँ योजनाले, देशको समग्र अर्थतन्त्रमा गुणात्मक रूपान्तरण हुनु पर्ने बताउँछन् ।

सोह्रौँ योजनाको अवधारणा तर्जुमा गर्न आयोजित राष्ट्रिय योजना आयोगको बैठकलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दिशानिर्देश गर्दै प्रधानमन्त्री दाहालले अहिले योजनाको समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । समीक्षा नहुँदा अधिकांश योजना अधूरा हुने गरेका छन् ।

बैठकले सोह्रौँ योजनाको अवधारणा स्वीकृत गर्दै उक्त अवधारणालाई बृहत रूपमा प्रक्रियामा लैजाने निर्णय गरिसकेको छ । अवधारणामा सोह्रौँ योजनाको आवश्यकता, सोह्रौँ योजना तर्जुमाका आधार, दीर्घकालीन सोच २१००, पन्ध्रौं योजनाको लक्ष्य र कार्यान्वयनको अवस्था, समष्टिगत आर्थिक परसिूचकको प्रगति समीक्षा, सोह्रौँ योजनाको कार्यदिशा, समष्टगित रणनीति, संरचनागत रूपान्तरणका क्षेत्र लगायतका विषय समावेश गरिएका छन् ।

देशको आर्थिक विकास र सामाजिक रूपान्तरणमा अहिलेसम्मका योजनाको भूमिका के छ भन्ने कुराको गहिरो समीक्षा आवश्यम रहेको दाहाल बताउँछन् ।

नीति तथा कार्यक्रम र बजेट निर्माणमा समेत व्यापक रूपान्तरण जरूरी रहेकको दाहालले जोड दिए । प्रधानमन्त्री प्रचण्डले भने ‘कार्यक्रम र बजेट निर्माणको संस्थागत, संरचनागत र कार्यशैलीगत रूपान्तरण जरूरी रहेको दाहालले बताएका छन् ।
नीति तथा कार्यक्रम र बजेट निर्माणको बीचमा एकदमै छोटो समय हुने, नीति तथा कार्यक्रम र बजेटबीच तादाम्यता नहुने समस्या रहेको उनले सुनाए ।

नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित भइसकेपछि त्यसमाथि व्यापक छलफल गरेपछि मात्रै बजेट निर्माणको काम थाल्नुपर्ने दाहालले बताए ।
हतार हतारमा बजेट बनाउँदा नीति तथा कार्यक्रम एकाथरी बजेट अर्कोथरी बन्ने समस्याबाट ग्रसित हुने गरेको भन्दै योजना बनाउन ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

सेयर गर्नुहोस्