राप्रपालाई सरकारमा आउन आग्रह

काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लााई सरकारमा आउन आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष राजेन्द्र लिङ्देनसँग सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको भेटमा प्रधानमन्त्री प्रचण्डले सत्ता सहकार्यको प्रस्ताव गरे । कोशी प्रदेशमा मात्र नभई सबैतिर सहकार्य गर्न उनले सुझाए ।

दाहालले लिङ्देनलाई संघीय सरकारमा तत्काल आउनेगरी सोच्न प्रस्ताव गरे कोशीको मुख्यमन्त्री आलोपालोसँगै अन्य प्रदेश र संघीयमा पनि सहकार्य गर्न प्रचण्ड तयार भएको हो ।

सो अवरमा अध्यक्ष लिङ्देनले तत्काल सत्रामा जाने बारे सोच नभएको बताए ।

प्रधानमन्त्रीको प्रस्तावबारे सकारात्मक जवाफ दिएनन् । नेकपा एमालेसहितको सरकारलाई राप्रपाले गत १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको थियो । प्रचण्डले गठबन्धन बदलेपछि राप्रपाले सत्ता छोडेको थियो ।

सेयर गर्नुहोस्