काठमाडौं । नेपालको उत्पादन क्षमता हरेक वर्षजस्तो घट्दै गइरहेको छ । उत्पादनमुखी भन्दा व्यवसायमुखी अर्थतन्त्र हाबी हुँदा उत्पादन क्षमता घट्दै गएको हो । युवाहरु खेती छोडेर वैदेशिक रोजगारीमा लागेका छन् ।
व्यापारीहरु उत्पादन छोडेर विदेशी सामानाको बिक्रीमा रमाइरहेका छन् । सरकारका अधिकारीहरु रेमिट्यान्समै देश चलाइरहेका छन् । जसले गर्दा देशको अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेको छ ।
अर्थतन्त्रका सूचकहरु नकारात्मक बन्दै छन् । स्वदेशको कुनै पनि उत्पादनमा देश आत्मनिर्भर हुन सकेको छैन । निर्यातजन्य वस्तुको उत्पादन पनि बढ्न सकेको छैैन ।
पछिल्ला वर्षहरुमा सरकारले निरन्तर घाटा बेहोरिरहेको छ । नेपालको उत्पादन घट्दै जाँदा सबै विदेशी सामानमा निर्भर हुनुपरेको छ । कुनै समयमा धान निर्यात गर्र्ने मुलुक थियो ।
अहिले नेपालले कृषिजन्य वस्तु साढे २ खर्ब भन्दा बढीको आयात गर्दै आएको छ । नेपालमै संभावना भएका वस्तु पनि उत्पादन नगरी विदेशबाटै मगाएर खानुपरेको छ ।
कृषकको उत्पादनले बजार पाउन सक्दैन तर, विदेशबाट आएका तरकारी तथा फलफूलले बजार पाउँदा किसान निरााश छन् ।
भन्सार विभागको तथ्यांक अनुसार निर्यातको तुलनामा आयातको तथ्यांक उच्च स्तरमा छ ।
विवरणअनुसार मुलुकमा सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने वस्तुसमेत ठूलो मात्रामा आयात भएको देखिन्छ ।
आर्थिक वर्ष २०७९र८० मा एक करोड १३ लाखको दाँत कोट्याउने सिन्को (टुथपिक) आयात भएको छ । जबकी नहुँदा पनि खासैै समस्या नपर्ने भए पनि त्यसको उपयोग बढ्दै गएको छ ।
बाँस र काठबाट बनेको यस्तो सिन्का मुख्यतया चीनबाट भित्रिन्छन् । एक करोड बराबरको कपडा झुण्ड्याउने ह्याङ्गर आयात भएको छ ।
लुगा सिउने सियो र सेफ्टी पिनको आयात पनि बढेको छ । त्यसका लागि दुई करोडभन्दा बढी रकम बाहिरिएको छ ।
गत आवमा रु एक करोड ७४ लाखको सेफ्टी पिन र ६३ लाखको सियो आयात भएको छ ।
एक अर्बभन्दा बढीको नटबोल्ट र स्क्रु आयात भएको छ । विभिन्न यन्त्र उपकरण तथा सवारी साधानमा प्रयोग हुने नटबोल्ट र पेचकिलाजन्य वस्तु आयातमा अर्र्वाै बाहिरिएको छ ।