लिस्बन। पोर्चुगलमा अगस्ट १ देखि ६ तारिकमा विश्व युवा सम्मेलन हुँदैछ । सम्मेलनमा विश्वभरीबाट ४ लाख युवाह? पोर्चुगलमा आउने भएका छन् । यस वर्षको युवा दिवसको म
विश्व युवा सम्मेलनको प्रमुख आकर्षण पोप फ्रान्सिस हुन् ।
होली सी प्रेस कार्यालयका निर्देशक माटियो ब्रुनीले सोमबार विज्ञप्ति जारी गर्र्दै पोपको भ्रमण तालिका सार्वजनिक गरेका हुन् । विश्व युवा दिवसका अवसरमा पोपले अगस्ट २ देखि ६ गतेसम्म भ्रमण गर्ने छन् । लिस्बनबाट फातिमाको मन्दिर जाने कार्यक्रम तय भएको छ । अगस्ट ५ मा फातिमा मन्दिरको भ्रमण गर्ने छन् ।
लिस्बनले चौथो विश्व युवा दिवसको आयोजना गर्दैछ । पोप फ्रान्सिसले अध्यक्षता गर्नेछन् ।
यस्तो छ पोपको भ्रमण तालिका
पोप अगस्ट २ मा लिस्बन आइपुग्नेछन् । पोप रोबबाट १० बजे लिस्बनस्थित फिगो मादुरो एयर बेसमा आइपुग्नेछन् । त्यसको लगत्तै बेलमको राष्ट्रिय दरबारमा उनलाई गणतन्त्रका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले स्वागत गर्नेछन् । सांस्कृतिक केन्द्रमा नागरिक समाज र कूटनीतिक निकायका उच्च व्यक्तिह?सँग भेटवार्ता हुनेछ ।
साँझ ४ः४५ बजे अपोस्टोलिक नन्सिएचरमा प्रधानमन्त्रीसँग भेट गर्ने तय भएको छ । प्रसिद्ध मठ डोस जेरोनिमोसमा पुजारी, डिकन, पवित्र पु?ष र महिलाहरू, सेमिनारियन र पास्टरल कामदारसँग भेस्पर्स मनाउनेछन् ।
दोस्रो दिन बिहान भेटघाट सकेर कास्काइस जाने तय भएको छ । साँझ स्वागत समाराहेका लागि लिस्बन फर्कनेछन् । शुक्रबार विशेष भेट हुनेछ । ५ अगस्टमा फातिमा भ्रमण गर्नेछन् । पोपले शनिबार अगस्ट ५ को बिहान भ्रमण गर्नेछन् ।
फ्रान्सिसले लिस्बनबाट हेलिकप्टरबाट फातिमा स्टेडियमको लागि बिहान प्रस्थान गर्नेन् । उनी राजधानी फर्कनेछन् । विश्व युवा दिवसको समापन गरी ६ अगस्टमा स्वयंसेवकसँग बैठक गर्नेछन् ।
पोपको रोम फर्कने उडान साँझ ६ः१५को छ ।
२०१३ मा ब्राजिलको रियो दि जेनेरियोमा, पोल्यान्डले २०१६ मा र २०१९ मा पानामा विश्व युवा सम्मेलन भएको थियो । सन् २०२२ मा ३८ औं विश्व युवा दिवस पोर्चुगलको राजधानीमा हुने तय गरिएको थियो, तर कोभिड १९ का कारण प्रभावित भएको थियो ।