काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको आशंका व्यक्त गरेका छन् ।
कम्बोडियामा आइतबार सम्पन्न भएको निर्वाचन पर्यवेक्षण गरेर स्वदेश फर्किएका एमाले अध्यक्ष ओलीले त्रिभुवन विमानस्थलबाट समातिएको सय केजी सुन
प्रकरणमा गृहमन्त्रीको संलग्नता रहे नरहेको स्पष्ट पार्न आग्रह गरे ।
गैर जिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले आफू संलग्न नभए अरु कोको संलग्न छन् भनेर खोज्नुपर्ने बताउँछन् ।
गृहमन्त्री श्रेष्ठका अभिव्यक्ति अनैतिक र गैरजिम्मेवार रहेको उनले बताए । जथाभावी नबोल्न समेत उनले आग्रह गरे। जबाफदेहिताको कुरा उठाउँदा मुद्दा हाल्ने काम उचित नभएको उनले बताए ।
सुन तस्कारी प्रकरणमा आफुलाई पनि जोडेको भन्दै उनले असन्तुष्टि जनाए ।