पोर्चुगलमा बेरोजगारी दर स्थिर

लिस्बन । पोर्चुगलमा बेरोजगारी दर स्थिर छ । बढ्न पनि सकेको छैन । घट्न पनि सकेको छैन ।

एक तथ्यांक अनुसार गत वर्षको मे महिनाको तुलनामा यसपालीको मे महिनामा बेरोजगारी दरमा ०.१ प्रतिशत बिन्दुको वृद्धि ल्यायो ।

राष्ट्रिय तथ्याङ्क संस्थान (आईएनई) का अनुसार मे महिनामा रोजगारीको जनसंख्या व्यावहारिक रूपमा अपरिवर्तित रहेको छ । बेरोजगारी दर एकदम थोरै बढ्यो ।

बेरोजगारी दर ६.५ मा रह्यो, अप्रिल २०२० र मे २०२३ को तुलनामा ०.१ प्रतिशत अंकले बेरोजगारी दर बढेको तथ्यांकले देखाएको छ ।

समग्रमा, वर्षको पाँचौं महिनामा पोर्चुगलमा ३५१ हजार बेरोजगार थिए, जुन अप्रिलको तुलनामा २.४ प्रतिशत र एक वर्ष अघिको तुलनामा ३.९ प्रतिशतले बढी रहेको आईएनईले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

मे महिनामा रोजगारी दर ६४.२ प्रतिशत रहेको छ । अघिल्लो महिना र अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम भएको तथ्यांकले जनाएको छ ।

पोर्चुगलमा काम गर्ने व्यक्तिहरूको अघिल्लो वर्षको तुलनामा १.३ प्रतिशतले बढेको छ । ५ लाख २२ हजार श्रमिकले काम गर्र्दै आएका छन् ।  सक्रिय जनसंख्याको हकमा बेरोजगार जनसंख्या बढेको छ ।

सेयर गर्नुहोस्