डेनमार्कमा विदेशीलाई ज्यालामा विभेद

डेनमार्क । डेनमार्कमा विदेशी नागरिकले थोरै तलव पाउने गरेका छन् । डेनमार्कका नागरिक भन्दा विदेशीले न्यून मूल्यमै काम गर्न वाध्य भएका हुन् ।

डेनमार्कको श्रम आन्दोलनको आर्थिक नीति संस्थानले गरेको एक अध्ययनले डेनमार्कमा सबैभन्दा कम पारिश्रमिकमा विदेशी नागरिकरले काम गरिरहेका छन् ।

कृषि, यातायात, सरसफाई, होटल र रेष्टुरेन्ट र निर्माण क्षेत्रमा अध्ययन गरिएको थियो । सबैभन्दा बढी तलब पाउने २० प्रतिशत कामदारमध्ये तीनमध्ये एक जनाभन्दा बढी विदेशी नागरिक भएको पाइएको श्रम आन्दोलनको आर्थिक परिषद्ले गरेको तथ्यले फेला पारेको छ ।

विदेशी कामदारहरूलाई डेनमार्कको श्रम संस्कृति थाहा नहुन सक्ने बताइएको छ । काउन्सिलका विश्लेषण प्रमुख एमिली डम क्लार्स्कोभले कतिपय विदेशीले श्रम कानुनन र संस्कृति थाहा नपाएर पनि काम गर्ने गरेको बताइन् ।

पछिल्लो समय कामका लागि डेनमार्क आउने विदेशीको संख्यामा बृद्धि भइरहेको छ । यसले डेनमार्कको समाजलाई बिस्तारै कमजोर बनाउने जोखिम पनि उत्तिकै रहेको उनको बुझाई छ ।

विदेशी श्रमिकका कारण डेनमार्कमा समस्या आउन थालेकोमा उनले चिन्ता व्यक्त गरिन् । कुनै पनि श्रमिकलाई विभेद गर्न नपाइने उनले बताइन् ।  सबै अधिकार र उच्च पारिश्रमिक स्तर भएपनि व्यवहारमा त्यस्तो नभएको उनको गुनासो छ ।

मौसमी श्रममा विदेशी श्रमिक धेरै छन् । उनीहरुले कृषि, वन र माछा मार्ने क्षेत्रमा सबैभन्दा काम गर्छन् । यी क्षेत्रमा दुई तिहाइभन्दा बढी कामदार ६६.४ प्रतिशत विदेशी छन् ।

यातायातमा, कम पारिश्रमिक पाउने २० प्रतिशतमध्ये आधाभन्दा बढी ५०.७ प्रतिशत कामदार विदेशी छन् । जबकि समग्र उद्योगमा एक तिहाइ ३०.२ प्रतिशत भन्दा कम हो । सफाइ उद्योगमा पनि त्यस्तै अवस्था थियो, जहाँ सबै उद्योगमा ३०.२ प्रतिशतको तुलनामा सबैभन्दा कम तलब पाउने ४५.३ प्रतिशत विदेशी थिए।

 

सेयर गर्नुहोस्

धानको मूल्य उच्च

पेरिस,एएफपी। भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि अगष्ट महिनामा धानको मूल्य उच्च...

Read More