लिस्बन । पोर्चुगल सरकारले विशेष अध्यागमन र शरण अदालत गठन गर्ने भएको छ ।
न्याय मन्त्री रीता अलारकाओ जुडिसले अध्यागमन र शरणमा विशेष अदालत स्थापना गर्न न्यायपालिकाका उच्च परिषदहरूसँग काम भइरहेको बताउनुभयो ।
उक्त संरचनाका लागि उच्च न्यायपालिका काउन्सिलहरूसँग छलफल भइरहेको उनको भनाइ छ ।
अध्यागमनलाई समर्थन गर्ने योजनामा राहतत दिन यस्तो संरचना तयार पार्न लागिएको हो । यसले अदालतमा पुगेका मुद्दाहरूको प्रवाहमा भएको बृद्धिलाई सहजता दिनेछ ।
यो विशेष अदालतको निर्माण गत हप्ता पेश गरेको माइग्रेसन एक्शन प्लानमा समेत उल्लेखछ ।
न्यायपालिकाको सुपीरियर काउन्सिलका उपाध्यक्ष लुइस एजेभेडो मेन्डेसको समर्थन प्राप्त गरिसकेको छ । जसले प्रशासनिक अदालतहरूमा रहेको बोझलाई कम गर्न सघाउने छ ।
एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन र एसाइलम (एआईएमए) बाट स्थितिलाई नियमित गर्नको लागि अनुरोध गरिएको थियो। यदिृ हजारौं आप्रवासीहरूलाई राहत दिने छ ।
प्रशासनिक र न्यायिक अदालतहरूको स्वतन्त्रता कायम राख्दै सबैलाई समेटेर एउटै अधिकार क्षेत्रको संरचनामा समूहबद्ध गर्ने तयारी छ । तर स्रोत र प्रतिक्रियाको दक्षता बढाउन सक्ने संयोजन सिर्जना गर्न चाहेको उहाको भनाइ छ ।
न्याय मन्त्रालयले पहिले नै उच्च न्यायिक परिषदहरूसँग काम गरिरहेको छ र त्यहाँ पहिले नै समर्थन स्थापना गर्ने ठाउँ छ।उहाँले भन्नुभयो ।