लिस्बन । नेपालको पर्यटनको संभावना, चुनौती र समाधानका उपायबारे पोर्चुगलमा छलफल हुने भएको छ ।
बुद्ध जयन्तीको अवसर पारेर मे २३ तारिखमा लिस्बनमा अन्तरक्रिया हुन लागेको हो । पर्यटनदूत रमेशशराज बाँस्तोलाले दिवाभोज सहितको अन्तरक्रिया आयोजना गर्न लाग्नुभएको हो ।
अन्तरक्रिया कार्यक्रममा नेपालमा पर्यटकले भोगेका चुनौती र समाधानका विषयमा छलफल हुने छ । नेपालको पर्यटनले भोग्नुपरेका समस्या र चुनौतीका साथै खासगरी नेपालको हिमाली क्षेत्रको समस्या र फोहोर व्यजस्थापनका बारेमा गहन छलफल हुने छ ।
पोर्चुगिस सगरमाथा आरोहीसँग छलफल गरेर पर्यटनको समस्या पहिचान गर्न प्रयास गर्ने, पोर्चुगिस नागरिकको नेपाल भ्रमणका लागि पहल गर्ने कार्यक्रमको उद्देश्य रहेको पोर्चुगलका लागि पर्यटनदूत रमेशराज बाँस्तोलाले बताउनुभयो ।
५६ वर्षीय पर्वतारोही जोआयो ग्रासिया यहीँ अक्टुबरमा नेपाल जाने तय भएको छ । उहाँले नेपालको सगरमाथा, अन्नपूर्णलगायत भ्रमण गरिसक्नुभएको छ । उहाँले संसारका ८ हजार भन्दा बढी उचाइका १४ वटा हिमाल आरोहण गरिसक्नुभएको छ । आरोहणसम्बन्धी अनुभव समेटेर पुस्तक पनि प्रकाशन गर्नुभएको छ ।
१८ मे १९९९ मा पहिलोपटक पोर्चुगलबाट सगरमाथा आरोहण गर्नुभएको थियो । बिना अक्सिजनबिना सगरमाथा र अन्नपूर्ण आरोहण गर्नुभएको छ ।