पोर्चुगल । पोर्चुगलमा एक वर्षमा २२ जनाको निधन भएको छ । विभिन्न कारणले विसं संवत २०८० मा २२ जनाको निधन भएको नेपाली अवैतानिक महावाणिज्य दूतावास लिस्बनले जनाएको छ । ज्यान गुमाउनेमा २० जना पुरुष र २ जना महिला हुन् ।
दूतावासका अनुसार बागलुङका ३, धादिङ २ चितवन २, झापा २, पर्वतका २ जनाले ज्यान गुमाएका छन् । त्यस्तै पाँचथर, सिन्धुपाल्चोक, रुकुम, कास्की, गोरखा, उदयपुर,बाँके, पर्वत,म्याग्दी, रुपन्देही, खोटाङबाट एकएक जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो समयमा आत्महत्याको घटना बढ्दो क्रममा छ । त्यस्तै छुरा प्रहारबाट एक जनाले ज्यान गुमाए भने । नदीमा डुबेर दुईजनाले ज्यान गुमाएका छन् । अन्य दुर्घटनाबाट नेपालीले ज्यान गुमाएको अवैतानिक दूतावासले जनाएको छ ।