काठमाडौं । झण्डै एक वर्षपछि नेपालीहरु इजरायल जान पाएका छन् । केयरगिभरका लागि ४२५ जनाको स्वास्थ्य परीक्षण भएकामा २१ जनाको करार सम्झौता भएको छ ।
नेपाल सरकार र इजरायल सरकारबीच केयरगिभरमा लैजान केही दिनअघि स्वास्थ्य परीक्षण सुरु गरिएको थियो । युद्धका कारण एक वर्षसम्म इजरायल पठाउने प्रक्रिया रोकिएको थियो । जसले गदाृ इजरायलमा सहायक श्रमिकका रूपमा वृद्धाश्रममा काम गर्न जान छनोटमा परेका युवा अलमलिएका थिए ।
पछिललो समयमा केयरगिभरको आवश्यकता निकै बढेकाले इजरायले नेपाली युवा लैजान श्रम सम्झौता गर्न लागेको जनाइएको छ । विभागका निर्देशक कविराज उप्रेतीले छनोट भएर स्वास्थ्य परीक्षण गरिसकेका ४२५ युवामध्ये तीन हप्ताभित्र २५२ युवाको श्रम सम्झौता गर्ने तयारी भएको बताए ।
दुई वर्षदेखि रोकिएको इजरायलले अन्य देशको तुलनामा नेपालीलाई प्राथमिकतामा राखेको छ । यसअघि एक हजार १०५ नेपाली इजरायल गइसकेका छन् ।
आवास क्षेत्रमा दिइने केयरगिभर सेवाको तुलनामा दुइ देशका सरकारहरुवीचको सम्झौता जिटुजी अनुसार जाने केयरगिभर सस्तो भएका कारण त्यहाँका केयरगिभर सेन्टरले पछिल्लो समय सरकारी माध्यममार्फत नै नेपाली युवा माग गर्न रुचि देखाएको जनाइएको छ ।
सन् २००९ सम्म म्यानपावर कम्पनीबाट जाने गर्थे । म्यानपावर कम्पनीले श्रमिकबाट चर्को सेवा शुल्क असुलेपछि इजरायलले नेपालबाट श्रमिक लान रोकेकोे थियो । इजरायलमा तीन वर्षअघि जिटुजीमार्फत नै केयरगिभर लैजाने गरी श्रम सम्झौता भएको छ ।
नेपाल र इजरायलबीच २०७७ असोज १४ गते इजरायलको श्रम बजारमा नेपाली श्रमिकको रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । कार्यान्वयननका लागि २०७७ माघमा दुई देशबीच इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर भएको हो ।
इजरायल नेपालीका लागि आकर्षणको केन्द्र बनेको छ ।