काठमाडौं । पोर्चुगलको पर्यटन दूतमा हालै नियुक्त हुनुभएका रमेशराज बाँस्तोलाले नेपालको पर्यटन प्रवद्र्धनमा विशेष पहल गर्ने बताउनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फागुन १३ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार बाँस्तोलासहित विभिन्न देशमा २९ जनालाई पर्यटन प्रवर्द्धकमा नियुक्ति गरेको छ । पोर्चुगलको पर्यटन दूतमा नियुक्त भएसँगै नेपाल र पोर्चुगलको पर्यटन अनुभव आदानप्रदान गराउन विशेष कदम चाल्ने उहाँले बताउनुभयो ।
एक दशकदेखि पोर्चुगललाई कार्यक्षेत्र बनाएर पर्यटन क्षेत्रमा काम गर्र्दै आउनुभएका बाँस्तोलाले पर्यटन दूतमा नियुक्त भएसँगै नेपाल र पोर्चुगलको ग्रामीण पर्यटन प्रवद्र्धनमा फोकस गर्ने बताउनुभयो ।
नेपाल र पोर्चुगलको भुगोल तथा हावापानी मिल्छ । नेपालको ग्रामीण पर्यटनको झल्को दिने क्षेत्र पोर्चुगलको थुर्र्पै ठाउँ छन् । बाँस्तोलाले पोर्चुगलको कोयम्रा जिल्लाको पिओदाऊ गाऊसँग नेपालको कुनै गाउँसँग भगिनी संस्थाको रुपमा सम्झौता गराउन पहल गर्ने योजना रहेको बताउनुभयो ।
यो गाउँको भुगोल र संरचनाले नेपालको झल्को दिन्छ । बास्तोलाले यस गाउँमा धेरैपटक घुमघाम पोर्चुगलमार्फत धेरै नेपालीलाई लैजानुभएको छ ।
बाँस्तोला पोर्चुगल आउनुअघि नेपालको पोखरा क्षेत्रको पर्यटनमा संलग्न हुनुहुन्थ्यो । अहिले पोर्चुगलमा ग्रामीण पर्यटन र होमस्टेमा काम गर्दै आउनुभएको छ ।
नेपालमा छँदा पनि उहाँले लामो समयदेखि विदेशीका लागि पर्यटनको सहयोगी बनेर काम गरेको अनुभव छ । नेपाल र पोर्चुगलमा पर्यटन क्षेत्रमा काम गरेको अनुभव केही काम गरेर देखाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
जिम्मेवारी पाएपछि पर्यटन क्षेत्रमा काम गर्ने उत्साह बढेको उहाँको भनाइ छ । नेपालमा पर्टयक भित्र्याउन कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ छ ।
पर्वत घर भएका बाँस्तोलाले नेपालको पर्टयनबारे लेख–रचना लेख्नुहुन्छ ।
अन्य देशमा को को नियुक्त भए ?