खस्कियो पोर्चुगलको न्यूनतम वेज

लिस्बन । न्यूनतम पारिश्रमिक दिने यूरोपियन देशमा पोर्चुगल एक स्थान तल झरेको छ । १० औं स्थानमा रहदैँ आएकोमा पछिल्लो समयमा एकस्टेप तल झरेको छ ।
पोर्चुगललाई पोल्यान्डले उछिनिएको छ ।

तालिकामा एक स्थान झरेको पोर्चुगल अहिले युरोपियन युनियनमा ११ औं उच्च न्यूनतम ज्याला भएको छ। पोर्चुगलले यस वर्षदेखि न्यूनतम पारिश्रमिक ८२० यूरो दिन थालेको छ । पोल्यान्डले भने ९७७.५२ यूरो दिने गरेको छ । पोल्यान्डले गत वर्षको तुलनामा ३० प्रतिशत पारिश्रमिक वृद्धि गरेको हो ।

युरोपेली तथ्याङ्क कार्यालयका अनुसार २०२४ मा लक्जेम्बर्गमा सबैभन्दा बढी न्यूनतम ज्याला दिने सूचीमा छ । यसले २५७०.९२ यूरो दिने गरेका ेछ ।
दोस्रोमा आयरल्यान्ड छ । यसले २१४६.३० यूरो दिन्छ भने नेदरल्याण्ड २०७०.१२ यूरो दिन्छ ।

२०२३ मा दोस्रोमा जर्मनी र तेस्रोमा बेल्जियमले ओगटेका थिए, जुन अहिले २०२४ मा आयरल्यान्ड र नेदरल्यान्ड्सले उछिनेका छन्।

पोल्याण्डले ९७७.५३ युरो दिन थालेसँगै शीर्ष १० मा प्रवेश, पाएको । जनवरी २०२३ को तुलनामा यो ३०प्रतिशत भन्दा बढि हो । त्यसअघि पोर्चुगल शीर्ष १० मा थियो ।

सेयर गर्नुहोस्