रोजगारीको प्रलोभन देखाइ अनैतिक गर्ने पक्राउ

काठमाडौं । रोजगारीको प्रलोभन देखाइ बेश्यावृतिमा लगाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डौको रातोपुलस्थित दिनेश पौडेलले सञ्चालन गरेको नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टर मा काम गर्ने युवतीहरुलाई जबरजस्ती वेश्यावृत्तीमा लगाई यौन शोषण गर्ने गरेको पाइएको हो ।

गोप्य सूचनाको आधारमा व्युरोबाट खटीएको टोलीले नाबालीका सहित ३ जना युवतीलाई उद्दार गर्नुको साथै स्पाका सञ्चालक दिनेश पौडेललाई पक्राउ गरेको हो ।

काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवस्यक अनुसन्धान भईरहेको प्रवक्ता कृष्णप्रसाद पंगेनीले बताए ।

सेयर गर्नुहोस्